यि हुन आईपिओ निष्काशनको प्रक्रियामा रहेका कमजोर रेटिङ्गका ५ कम्पनी

Nov 05, 2018 Merolagani

कमजोर रेटिङ्ग पाएका पाँच कम्पनीहरुको ९५ करोड ३८ लाख ६७ हजार रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) आउने तयारीमा छ । नेपाल धितोपत्र बोर्डवाट आइपिओ निष्कासनको लागि एक कम्पनीले अनुमति पाइसकेको छ भने चार कम्पनी अनुमतिको पर्खाइमा रहेका छन् ।

धितोपत्र बोर्डबाट आइपिओ निष्कासनको लागि स्वीकृत पाइसकेका जोशि हाइड्रोपावर सहित ५ जलविद्युत कम्पनीहरुको आइपिओलाई इक्रा नेपालले कमजोर स्थिति जनाउने ५ ग्रेडिङ्ग रेटिङ्ग दिएको छ ।

आइपिओ निष्कासनको लागि बोर्डमा कमजोर रेटिङ्ग रहेको भैरबकुण्ड, युनिक हाइडेल, युनियन हाइड्रोपावर र शुभम् पावरले आबेदन दिएको छ । त्यस मध्ये युनियन हाइड्रोपावर र शुभम पावरले स्थानियबासिलाई आइपिओ निष्कासन गरी सकेको छ ।

इक्रा नेपालले कमजोर ग्रेड दिएकोले स्थानियलाई निष्कासन गरेको सबै शेयर बिक्रि भएको छैन् । यि दुई कम्पनीले स्थानियले नकिनेको शेयर सहित आइपिओ निष्कासन गर्न धितोपत्र बोर्डमा आबेदन दिएका हुन् ।

कुन कम्पनीको कति शेयर निष्कासन हुदैछ ?

 जोशी हाइड्रोपावर

कमजोर रेटिङ्ग पाएको जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्कासन गर्ने धितोपत्र बोर्डवाट अनुमति पाएको छ । स्थानीय बासिन्दाले नकिनेको दुई लाख ४२ हजार १० कित्ता र सर्वसाधारणहरुलाई छुट्याईएको १४ लाख ४८ हजार ४६० कित्ता गरी सो बराबरको आइपिओ बिक्री गर्न तयारी गरेको हो ।

कम्पनीले इक्रा नेपालबाट इक्रा रेटिङ्ग ’इक्रा एनपि आइपिओ ग्रेड ५’ पाएको छ । यस सूचकले कम्पनीको वित्तीय अवस्था सबैभन्दा कमजोर रहेको जनाउँछ ।

युनियन हाइड्रोपावर

युनियन हाइड्रोपावर कम्पनीले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको ३५ लाख ३४ हजार ३४० कित्ता आईपिओ जारी गर्न बोर्डमा निवेदन दिएको छ ।

हाइड्रोपावरले गत साउन १४ गते देखि भदौ १२ गते सम्म स्थानीय बासिन्दाले नकिनेको ६ लाख २१ हजार ७९० कित्ता सहित सो बराबरको शेयर निष्कासन गर्ने माग गरेको छ । युनियन हाइड्रोपावरको आइपिओलाई पनि इक्रा नेपालले ग्रेड ५ रेटिङ्ग दिएको छ ।

 

 

भैरवकुण्ड हाइड्रोपावर

भैरवकुण्ड हाइड्रोपावरले ३१ लाख ८३ हजार २८० कित्ता आइपिओ निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले सर्वसाधारणको लागि २५ लाख ३३ हजार २८० कित्ता र प्रभावित क्षेत्रका वासिन्दाको लागि ६ लाख ५० हजार कित्ता गरी सो बराबरको शेयर निष्कासन गर्नको लागि बोर्डमा आबेदन परेको छ ।

शुभम पावर

शुभम पावर लिमिटडले सर्वसाधारणका लागि ५ लाख ८० हजार ५८० कित्ता आईपिओ जारी गर्ने माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

यस अघि स्थानीयलाई निष्काशन गरेको आईपिओ पुरै बिक्री नभएपछि थप एक लाख ८० हजार ५८० कित्ता समेत गरी उक्त परीमाणको आईपिओ जारी गर्न धितोपत्र बोर्डमा आबेदन परेको हो ।

युनिक हाइडेल

युनिक हाइडेल कम्पनी लिमिटेडले पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाको शेयर जारी गर्ने धितोपत्र बोर्ड आबेदन दिएको छ । कम्पनीले ५ लाख ५० हजार कित्ता शेयर निष्कासनको लागि बोर्डमा आबेदन दिएको हो ।

के हो ? इक्रा रेटिङ्ग

कुनैपनि कम्पनीको धितोपत्र निष्कासन तथा ऋण प्राप्तिका लागि निष्कासन कर्ताको ऋण भुक्तानी गर्ने क्षमता कमजोर छ कि छैन भन्ने छुटयाउन रेटिङ्ग संस्थाले दिएको सूचना नै इक्रा रेटिङ्ग हो ।

इक्रा रेटिङ्गले लगानीकर्ताहरुको लागि कम्पनी जोखिम प्रतिफल कस्तो अवस्थामा छ भनेर कम्पनीको सबै पक्ष हेरि रेटिङ्ग गरेको हुन्छ । क्रेडिट रेटिङ गर्दा व्यवस्थापनको सबल तथा कमजोर पक्षको मूल्यांकनको आधार हेरिन्छ ।

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ । ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधार जनाउँछ । ग्रेड २, ३, ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहमा तुलनात्मक रुपले सकारात्मक स्थिति रहेको जनाउँछ ।

ग्रेड ५ भएका कम्पनीको आइपिओमा रोक लगाउनु पर्ने माग

लगानीकर्ताहरुले क्रेडिट रेटिङ ग्रेड ५ भएका जलविद्युत कम्पनीलाई आइपीओ निष्कासनमा रोक लगाउनु पर्ने माग समेत गर्दै आइरहेका छन् । तर पनि यस्ता कम्पनीमा लगानी गर्न चहाने ठुलै भिड देखिन्छ ।

धितोपत्र बोर्डले समते लगानीकर्ताहरुलाई बारम्बार आइपिओ निष्कासन गरेका कम्पनीहरुको वित्तीय विवरणहरु राम्रोसंग अध्ययन गरेर लगानी गर्न  आग्रह गर्दै आएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।