यस्तै पुर्नबीमा कमिशनबाट २ करोड ९६ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयवाट २८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ ।
इन्स्योरेन्सले यस अवधिमा ४६ लाख १४ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोहि अवधिमा ४४ लाख ८५ हजार खुद नाफा गरेको थियो ।
१३ करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड सात लाख रुपैयाँ , बीमा कोषमा १९ करोड ६८ लाख रुपैयाँ संचित छ ।
हाल सम्म १९ हजार ७४१ बीमालेखवाट २० करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै ४२ बीमालेखहरु नवीकरण भएका छन् ।
यस अवधिमा एभरेष्टले ६०५ दाबी वापत १० करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक हजार १०४ दाबी वापत ३७ करोड ७ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।
इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४५ पैसा, प्रतिशेयर नेटवर्थ ३८६ रुपैयाँ १८ पैसा र मुल्य आम्दानी अनुपात ३४०.३७ गुणा बढी छ ।