सहारा विकास बैंकको संस्थापक शेयर बिकेन, सर्वसाधारण तर्फको कटअफ कति ?

Dec 03, 2018 Merolagani

सहारा विकास बैंक(SHBL) ले ल्याएको १० लाख ४४ हजार २५६ कित्ता लिलामी शेयरको सोमबार बोलपत्र खुल्ला गरिएको छ । प्रराम्भिक तथ्यांक अनुसार संस्थापक तर्फ कटअफ मुल्य १०५ रुपैयाँ र सर्वसाधारण तर्फको १०८ रुपैयाँ कायम भएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

संस्थापक तर्फ ९ लाख २८ हजार २४८.७० कित्ता मध्ये ७ हजार एक सय कित्ता मात्रै बिक्री भएको छ ।

संस्थापक शेयरका लागि चार आबेदन मात्रै परेकोले आवेदक सबैले मागे जति शेयर पाएका छन् । बैंकको अझै ९ लाख २१ हजार १४८.७० कित्ता शेयर बिक्री हुन सकेन । संस्थापक शेयरका लागि लगानीकर्ताले प्रति कित्ता १५० रुपैयाँसम्म मूल्य कबुलेर बोलपत्र राखेका थिए ।

बैंकले सर्वसाधारणतर्फ लिलामीमा ल्याएको १ लाख १६ हजार ७.३० कित्ता शेयरका लागि १७३ जनाले आबेदन गरेकोमा ९९ जना आबेदकले मात्रै शेयर पाएका छन् ।

साधारण तर्फको शेयरको कट मूल्य १०८ रुपैयाँ कायम भएको छ । जसमा अधिकतम ४१४ रुपैयाँ सम्म मूल्य तोकेर आबेदन परेको थियो । बैंकको दोस्रो बजारमा प्रतिकित्ता ४६० रुपैयाँका कारोबार भैरहेको छ । लिलामी शेयरमा अधिकतम ५० हजार कित्ता सम्मको लागि आबेदन परेको थियो ।

बैंकले गत जेठ ६ गतेदेखि असार २४ गतेसम्म बिक्री खुला गरेको २५० प्रतिशत हकप्रदमा नबिकेको शेयर कार्तिक १८ गते देखि मंसिर ५ गते सम्म लिलामीमा ल्याएको थियोे ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सात करोड २९ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी भएको बैंकको बार्षिक प्रतिशेयर आम्दानी ८१ पैसा ऋणात्मक, प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ३२ पैसा र मुल्यआम्दानी अनुपात २७.१२ गुणा बढी छ ।

लिलामी पश्चात कम्पनीको चुक्ता पूँजी २५ करोड ५४ लाख रुपैयाँ पुग्नेछ । बैंकलाई देव विकास बैंकले एक्वायर गर्ने सम्झौता गरिसकेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।