बीमा विद्ययेकमा नविकरण देखि जरिवाना शुल्क घटाउन सरोकारवालाको माग

Dec 04, 2018 Merolagani

बीमा सर्भेयर र बीमक संघले बीमा विद्ययेक संसोधन गर्न माग गरेका छन् । बीमा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ माथि विभिन्न दफामा संशोधन गर्न उनीहरुले माग गरेका हुन ।

बीमा विधेयक सम्बन्धि अर्थसमितिले सरोकारवालाहरुसंग सुझाव लिने क्रममा बीमा कम्पनी नविकरण गर्ने व्यवस्था हटाउन माग गरेका छन् ।

प्रधिकरणले बीमा कम्पनीलाई नियमित रुपमा नियमन तथा अनुगमन गरीरहने भएकोले प्रत्येक वर्ष नविकरण गरिरहन व्यवहारिक नभएको उनीहरुको दाबी छ ।

बीमक कम्पनीबाट बीमा समितिले लिँदै आएको नियमन शुल्क पनि पुरानै ०.२५ प्रतिशत मात्रै कायम गर्न माग गरेका छन् । बीमा कम्पनी संचालकले पाउने भत्ता साधारणसभाले पारित गरे अनुसार पाउनुपर्ने सुझाव समितिमा पेश गरेका छन् ।

यस्तै सरोकारवालाहरुले सर्भेयरको जरिवाना घटाउन तथा कैद सजाय हटाउनमा समेत माग गरेका छन् । विधेयक २०७५ को परिच्छेद १२ को दफा १०२ र परिच्छेद १९ को दफा १४० संशोधन गर्नुपर्ने माग राखेका हुन् ।

प्रस्तावित बीमा विधेयकमा सर्वेयरलाई मध्यस्तकर्ताको रुपमा राखिएको भन्दै त्यो व्यवस्था हटाउन पनि माग गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।