सूर्याेदय लघुवित्तको ४२.७५ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 09, 2018 Merolagani

सूर्याेदय लघुवित्त (SLBS) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४२.७५ बोनस सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । लघुवित्तले पुस ७ गते आह्वान गरेको छैटौं वार्षिक साधारण सभाका लागि सोमबार बुक क्लोज गर्दैछ ।

जस अनुसार आइतबारसम्म कायम रहेका शेयरधनीले लघुवित्तले प्रस्ताव गरेको बोनस पाउनेछन् ।

लघुवित्तले गतबर्षको कमाईबाट (४२.७५ % ) ३ करोड २३ लाख १९ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १७ लाख एक हजार (२.२५ %) नगद लाभांश प्रस्ताव गरेको छ ।

साथै लघुवित्तले छैटौं साधारण सभामा प्रस्तावित बोनस पश्चात कायम हुने चुक्ता पूँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँको ५० प्रतिशत अर्थात ५ करोड ३९ लाख ५९ हजार ५०० रुपैयाँको हकप्रद जारी गर्ने प्रस्ताव समेत साधारणसभामा लग्दैछ ।

यो हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी १६ करोड १८ लाख ७८ हजार ५०० पुग्नेछ ।

त्यसैगरि लघुवित्तले साधारण सभामा पूँजी संरचना परिवर्तन गरी जारी पूँजीको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहको शेयर स्वामित्व कायम गर्ने प्रस्ताव गरेको छ ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।