बुुधबार 'क' वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स पनि १.२६ अंकले घटेर २४७ अंकमा झरेको छ । यस दिन १५८ कम्पनीका १३ लाख दुई हजार ८२२ कित्ता शेयर ३८ करोड ७२ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । मंगलबार ५३ कराेड २३ लाख बराबरकाे काराेबार भएकाे थियाे ।
कारोबारमा आएका १० उप सूचक मध्ये बढेका छन् भने ६ उप समूहको सूचक नकारात्मक बनेका छन्। निर्जीवन बीमाको सूचक सबैभन्दा धेरै १७.६९ अंकले बढेको छ । विकास बैंक १४.९७, उत्पादन २.३३ र वित्त १.०३ अंकले सकारात्मक भएको छ ।
जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ३६.५६ अंकले ओरालो लागेको छ । बैंकिङ्ग ८.६५, लघुवित्त ५.९३, होटल ५.५४, जलविद्युत २.१३ र अन्य समूहको सूचक ०.२४ अंकले ओरालो लागेको हो ।
ब्ुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ भने कारोबार भएको कित्ताको आधारमा ग्लोबल आइएमई बैंकको संस्थापक समूहको शेयर बढी रहेको छ ।
नेपाल लाइफको ३७ हजार १२० कित्ता शेयर तीन करोड ५२ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । यता ग्लोबल आइएमई बैंकको संस्थापक समूहको एक लाख २६ हजार ९६६ कित्ता शेयर दुई करोड २८ लाख रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरि काबेली विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशतले बढेको छ । विजय लघुवित्त र गरिमा विकास बैंकको शेयरधनीले ६ प्रतिशत भन्दा बढीले नाफा बुक गरेका छन् । नेपाल सेवा लघुवित्त ५.८५, लम्बिनी विकास बैंकको संस्थापक शेयर ४.५५, र गोर्खाज फाइनान्सको शेयरमूल्य ४ प्रतिशतले बढेको छ ।
यता ङादी ग्रुप पावरको शेयरधनीले बुधबारको बजारमा सबैभन्दा धेरै ७.३१ प्रतिशतले
गुमाएका छन् । हिमालयन बैंक ६.८४, एनएमबि माईक्रोफाइनान्स ५.६१, आरएमडिसी लघुवित्त ५.०८ र र्मिमिरे लघुवित्तको शेयरमूल्य ४.७ प्रतिशतले घटेको छ ।
साथै मिथिला लघुवित्त, स्वरोजगार लघु्वित्त, नेशनल लाइफ इन्स्योरेन्स नेशनल माईक्रोफाइनान्स र फस्ट माइक्रोफाइनान्सको शेयर मूल्य तीन प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।