नेप्से सूचक दोहोरो अंकले घट्यो, अपर तामाकोशीमा ऋणात्मक सर्किट

Jan 21, 2019 Merolagani

शेयर बजार परिसूचक नेप्से सोमबार १०.८६ अंकले घटेको छ। यसदिन अपर तामाकोशीको शेयरमूल्यमा ऋणात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ९.९३ प्रतिशतले ओरालो लागेको हो। कम्पनीको शेयर आइतबार पनि ६.१० प्रतिशतले घटेर बन्द भएकाे थियो ।

आइतबारदेखि घट्न थालेको अपर तामाकोशीको शेयरमूल्यले सोमबार पनि निरन्तरता पाउँदा आइतबार बढेर प्रतिकित्ता ३४२ रुपैयाँसम्ममा कारोबार भएको शेयर २६३ रुपैयाँमा झरेको हाे। आइतबार भने २९२ रुपैयाँमा कारोबार बन्द भएकाे थियाे ।

सोमबार शेयर कारोबार रकममा भने झिनो मात्र सुधार देखिएको छ। आइतबार ३६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३६ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्से निरन्तर ओरालो लाग्दा ११६८.०६ बिन्दुसम्म झरेको हो । पछिल्लो समय पुस ११ गते नेप्से बढेर १२१६.२७ अंकसम्म पुगेको थियो।

सोमबारको बजारमा १६६ कम्पनीका १२ लाख ६५ हजार ७८६ कित्ता शेयर ३६ करोड ७७ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ। कारोबारमा आएका ११ उपसूचकमध्ये फाइनान्सको सूचक बाहेक सबै ऋणात्मक देखिएका छन् । फाइनान्सको सूचक मात्रै ०.६५ अंकले बढेको छ ।

 

सोमबार सबैभन्दा धेरै जीवन बीमा कम्पनीको सूचक ६१.६८ अंकले घटेको छ । निर्जीवन बीमाको ४२.६७, हाइड्रोपावरको ४२.१७, माइक्रोफाइनान्सको २५.५१ अंकले ऋणात्मक देखिए। यस्तै उत्पादन तथा प्रशोधन २३.५२, होटल्स १९.५२, अन्य ११.६, विकास बैंक ७.७६, वाणिज्य बैंक ४.६२ र ब्यापार समूहको सूचक २.९६ अंकले ओलारो लागेका हुन् ।

 

 

सोमबार अपर तामाकोशीको सबैभन्दा धरै रकमको कारोबार भएको छ । तामाकोशीको १० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तैएनआइसी एशिया बेंकको संस्थापक शेयर १ करोड ९१ लाख रुपैयाँ र नागरिक लगानी कोषको १ करोड ७० लााख रुपैयाँ बराबरको कारोबार भयो । अन्य कुनै पनि कम्पनीको शेयर कारोबार रकम करोड नाघ्न सकेन ।

यस दिन सबैभन्दा धेरै गोर्खाज फाइनान्सको शेयर मूल्य ४.८१ प्रतिशतले बढेको छ । यस्तै आजको कारोबारबाट मितेरी डेभलपमेन्ट बैंक र एसबिआई बैंकका शेयरधनीहरुले ३ प्रतिशतभन्दा बढीले कमाएका छन् ।

सेन्ट्रल फाइनान्स, कन्काई विकास बैंक, पोखरा फाइनान्सको शेयरमूल्य २ प्रतिशतभन्दा बढीले बढेका छन् ।

नेप्सेमा कारोबार खुले देखिनै सर्किट ब्रेक लाग्दै आएको अपर तामाकोशी शेयरमूल्य साेमबार सबैभन्दा धेरै घटेको छ । आइतबारको बजारबाट ६.१० प्रतिशतले ओरालो लागेको तामाकोशीको शेयरमूल्य आज ९.९३ प्रतिशतले घटेको हाे । मिर्मिरे लघुवित्तको ८.१७, आँखुखोला जलविद्युतको ६.८९, नेशनल हाइड्रोपावरको ४.३४ र मेरो माइक्रोफाइनान्सको शेयर मूल्य ४.३१ प्रतिशतले घटेका छन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।