मंगलबारको २.०७ अंकको वृद्धिसँगै नेप्से सूचक ११४०.७२ बिन्दुमा पुगेको छ । मंगलबार १७१ कम्पनीका ८ लाख ८२ हजार ८८५ कित्ता शेयर २१ करोड ५१ लाख रुपैयाँमा कारोबार भयो । सोमबार २४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
कारोबार आएका १० उपसमुहमध्ये मंगलबार लघुवित्तको सूचक बाहेक सबैमा सुधार सहित कारोबार बन्द भएको छ । माइक्रोफाइनान्सको सूचक ५.१२ अंकले नकारात्मक बनेको छ । यसदिन निर्जीवन बीमाको सुचक सबैभन्दा धेरै २४.१९ अंकले बढेको छ । यस्तै उत्पादन तथा प्रशोधन ११.०६, अन्य ५.४२, हाइड्रोपावर ३.२२, होटल १.९४, बाणिज्य बैंक १.१६, जीवन बीमा ०.५८, फाइनान्स ०.२८ र विकास बैंक ०.०२ अंकले सुधारिएका छन् ।
यस दिन नेपाल बंगलादेश बैंकको संस्थापक शेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । बैंकको संस्थापक शेयर एक करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । बाँकी कुनैपनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन ।
एनएमबि बैंकको ९६ लाख, अपर तामाकोशीको ७४ लाख, प्राइम कर्मसियल बैंकको ६४ लाख, सिद्धार्थ बैंक ६२ लाख, इन्भेष्टमेन्ट बैंक ६२ लाख, एनआईसी एशिया ६१ लाख र एनसीसी बैंकको ६० लाख रुपैयाँ बढीको शेयर खरिद बिक्री भएको छ ।
मंगलबारको बजारबाट नेपाल सेवा लघुवित्तका शेयरधनीहरुले सबैभन्दा धेरै ५ प्रतिशतले कमाएका छन् । यस्तै एनएमबि हाइब्रिड फण्ड १ को इकाईमूल्य ३.९५, पोखरा फाइनान्सको शेयरमूल्य ३.०८ प्रतिशतले बढेको छ ।
भार्गव विकास बैंक, एनआईसी एशिया ग्रोथ फण्डको इकाई मूल्य, नाडेप लघुवित्त, बरुण हाइड्रोपावर, राष्ट्रिय बीमा संस्थान कम्पनीको संस्थापक शेयरमूल्य पनि २ प्रतिशत भन्दा बढीले बढेको छ।
यता कारोबार तेस्रो दिन पनि युनिर्भल पावर र शिवम्को शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। युनिर्भसल पावरको ९.८७ र शिवम् सिमेन्टको शेयरमूल्य ९.८१ अंकले घटेको हो ।
मिथिला लघुवित्तका शेयरधनीले ५.५४ प्रतिशत र सर्पोट माइक्रोफाइनान्सको ५.११ प्रतिशतले मंगलबारको बजारबाट गुमाएका छन् ।