युनिर्भसल पावरको आइपिओमा पहिलो दिनमा पर्यो साढे नौं करोडको आवेदन

Feb 08, 2019 Merolagani

युनिर्भसल पावर कम्पनीको आइपिओमा पहिलो दिन शुक्रबार साढे नौ करोड रुपैयाँ बढीको आवेदन परेको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शुक्रबार ९ लाख ५४ हजार एक सय कित्ता शेयरको लागि आवेदन परेको हाे ।

 

क्यापिटलका अनुसार १० हजार ७९२ आबेदनबाट उक्त शेयर माग भएको हो । कम्पनीले माघ २५ गतेदेखि ९३ करोड २७ लाख ४१ हजार रुपैयाँ बराबरको ९३ लाख २७ हजार ४१० कित्ता आइपिओ निष्काशन गरेको हो ।

कूल निष्काशित शेयरमध्ये एक लाख ८६ हजार ५४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३७० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ८६ लाख ७४ हजार ४९२ कित्ता शेयरमा सर्वसाधारणले आबेदन गर्न सकिनेछ ।

कम्पनीको शेयरमा मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति सदस्यता लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपिओमा लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्ता सम्म आबेदन गर्न सकिनेछ । आइपिओमा छिटोमा माघ २९ गतेसम्म र सो समयमा सबै शेयर नबिकेमा ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको कम्पनीको ८० प्रतिशत बढी निमार्ण कार्य सम्पन्न भईसकेको छ । कम्पनीमा ८८ प्रतिशत सीईडीबी हाइड्रो फण्ड लिमिटेडको शेयर स्वामित्व छ । आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ६० लाख रुपैयाँका दरले २ अर्ब ४ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ र जारी पूँजी दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ छ । कम्पनीले आगामी आर्थिक वर्षमा १९ करोड ५३ लाख र आव २०७७÷७८ मा २१ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।