हिमाल दोलखा हाइड्रोले ७८ करोडको आइपिओ बिक्री गर्न पायो अनुमति

May 09, 2019 Merolagani

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडले ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आइपिओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति दिएको छ ।

बोर्डले उक्त कम्पनीलाई आयोजना प्रभावितका लागि १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता र सर्वसाधारणका लागि ६२ करोड रुपैयाँ ६२ लाख कित्ता गरी कुल ७८ करोडको आइपिओ निश्कासनको अनुमति दिएको हो ।

कम्पनीले कुल पूँजीको ४८.७५ प्रतिशत आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रुपैयाँ छ । आइपिओ पछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ ।

उक्त आइपिओको निष्कासन तथा बिक्री प्रवन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।