माउन्टेन इनर्जी नेपालले ३९ करोडको आईपिओ बिक्री गर्ने

Mar 13, 2019 Merolagani

माउन्टेन इनर्जी नेपालले नियामक निकाय धितोपत्र बोर्डसँग आईपिओ बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले ३९ लाख ३६ हजार ५४ कित्ता आइपिओ निष्काशन गर्न अनुमति मागेको बोर्डले जनाएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३९ करोड ३६ लाख ५ हजार चार सय रुपैयाँ बराबरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपिओ बिक्री गर्ने माग गर्दे निवेदन दिएको हो ।

कम्पनीले साधारण शेयर निष्काशनका लागि नविल इन्भेष्टमेन्ट बैंकिङ्गलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।