प्रभु लाइफको खुद बीमा शुल्क १५ करोड नजिक

Feb 11, 2019 Merolagani

प्रभु लाइफ इन्स्योरेन्स (PLIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत बर्षको यहि अवधिमा कम्पनीले ११ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले हाल सम्म २६ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले यस अवधिमा २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्र्जन गरेको छ । गत आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा कम्पनीले ३ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एक अर्ब ४० करोड रुपैंया चुक्ता पूँजी रहेको प्रभु लाईफको जगेडा कोषमा ६ करोड ३० लाख रुपैयाँ सञ्चित छ । त्यस्तै जीवन बीमा कोषमा १७ करोड ३९ लाख रुपैयाँ र महा विपत्ती जगेडा कोषमा ३९ लाख १९ हजार रुपैयाँ सञ्चित छ ।

हाल सम्म १२ हजार २८१ बीमा लेख जारी गरेको कम्पनीले एउटा दाबी वापत ५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने दुई वटा दाबी वापत ७ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

बीमा समतिले तोकेको न्युनतम चुक्ता पूँजी कायम गर्न कम्पनीले ६० करोडको साधारण शेयर जारी गर्नेछ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।