गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६८ करोड १२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।
तीन लाख ७६ हजार बीमालेख रहेको कम्पनीले कुल बीमा शुल्क भने ९९ करोड ५० लाख रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा कम्पनीले तीन लाख २५ हजार बीमालेखबाट ७२ करोड २० लाख कूल बीमाशुल्क आर्जन गरेको थियो ।
सूर्या लाइफको बीमाङ्कीय मूल्याङ्कन अघिको खुद नाफा गत आवको यसै अवधिको तुलनामा ३ करोड ५५ लाख बढी १० करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीले ७ करोड २६ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ४८.९६ प्रतिशत बढी हो ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ १२ पैसा कायम भएको छ । गत आवको यसै अवधिमा कम्पनीको चुक्ता पूँजी ७२ करोड १८ लाख र प्रतिशेयर आम्दानी २० रुपैयाँ १३ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ७८ पैसा र मूल्य आम्दानी अनुपात २८.९२ गुणा बढी छ ।
कम्पनीलाई धितोपत्र बोर्डले ७० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति दिइ सकेको छ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ पुग्नेछ ।
समीक्षा अवधिमा कम्पनीको जगेडा कोष १० करोड ५ लाख बढेर ४३ करोड १४ लाख, जीवन बीमा कोष एक अर्ब ३३ करोड ६२ लाख बढेर ४ अर्ब ३० करोड र महा विपत्ति जगेडा कोष २ करोड १९ लाख बढेर ६ करोड ४१ लाख रुपैयाँ सञ्चित भएको छ ।
यस अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यवाट २० करोड ४० लाख रुपैयाँ र बीमालेख धितोमा ३० करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरी १ करोड ३४ लाख रुपैयाँ व्याज आम्दानी गरेको हो ।
हालसम्म इन्स्योरेन्सले कुल ७८९ दाबीबाट परेको ११ करोड रुपैयाँ भुक्तानी गरेको छ भने २६५ दाबी वापत परेको एक करोड ५१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।