अर्थमन्त्रीले चेतावनी दिँदै भने, 'बैंकहरु र उद्योगीबीचको पाखुरा सुर्कासुर्की हामीलाई पटक्कै मन परेको छैन ।'

Mar 06, 2019 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरु र उद्योगीबीच ब्याजदरको बिषयमा भएको पाखुरा सुर्कासुर्की सरकारलाई पटक्कै मन नपरेको बताएका छन्। नेपाल ईन्फ्रास्टक्चर बैंकको उद्घाटन गर्दे अर्थमन्त्री खतिवडाले बैंकहरुलाई ब्याजदर सन्तुलनमा राख्न सुझाब समेत दिए।

अर्थमन्त्रीले भने, ' बैंकहरु पनि नीजि क्षेत्रकै, लगानी उद्यमी पनि निजी क्षेत्रकै तपाईहरुबीचको यो पाखुरा सुर्कासुर्की हामीलाई पटक्कै मन परेको छैन।'  'तपाईहरु उद्योग वाणिज्य क्षेत्रका छाता संगठन हुनुहन्छ । तपाईहरु बसेर छलफल गर्नुस्। साझेदारीमा निष्कर्ष निकाल्नुस्, सरकारले कहाँनेर हस्तक्षेप गरिदिनुपर्ने हो त्यहाँ नेर आएर भन्नुस्।' अर्थमन्त्रीले भने।

'हामी जथाभावि हात फैलाउदै, राजनीतिक भाषामा सुँड पर्सादै भन्छन्। हामी सुँड पर्सादै तपाईहरुको क्षेत्रमा प्रवेश गर्न इच्छुक छैनौं। तर तपाईहरु झगडा गर्नु भयो भने हामी हस्तक्षेप गर्न तयार हुनुपर्छ ।' अर्थमन्त्रीले चेतावनी दिदै भने।

'बैंकर तथा उद्योगीलाई विशेष जोड दिदै अर्थमन्त्रीले भने, तपाईहरु छलफल गर्नुस् हिजो पनि मैले एउटा अंक भने ६ र १६ को अन्तरमा हामी जान हुँदैन । त्यसको बीचमा हामीले समाधान खोज्नुपर्दछ । त्यो बीचको औषतमा बस्नेगरी हामीले काम गरौ । द्धिर्घकालिन लगानीको लागि अवसर पनि जुट्छ । लगानीका लागि परियोजनाहरु पनि सम्भाब्य हुन्छन् । बैंकको ऋण तिर्न सक्ने क्षमता पनि विकास हुन्छ । त्यसो भएको हुनाले यो ब्याजदरमा अस्वभाविक प्रतिस्पर्धा गर्ने कुरा बन्द गरौ ।' 

साथै उनले संस्थागत निक्षेपकर्तालाई ब्याजदरको मौषमी लाभ नलिन निर्देशन दिदै भने, 'संस्थागत निक्षेपकर्ताले पनि सोच्नुस् । तपाईहरु अत्यन्त मौषमी लाभ लिनेतर्फ नसोच्नुस् ।' यसलाई हस्तक्षेप भने पनि सल्लाह भने पनि सुझाब भने पनि भन्नुस् । एउटा भनाई छ । विरालो कालो भएपनि सेतो भएपनि मुसा मार्नैपर्छ । मुसा मरोस् । विरालो जस्तो सुकैहोस् । त्यो भनेको ब्याजदर सन्तुलित होस् । भन्ने हो । उनले भने ।

साथै उनले थप मर्जरको आश्यकता महसुश गरेका वाणिज्य बैंकहरुलाई मर्जरमा जान समेत आग्रह गरे । 'बैंकहरु पनि बीचार गर्नुस् । धेरै भयौ भन्नुहुन्छ । हामी एक भयौ भन्ने तर्फ जानुस् । धरै भयौ भन्नेहरु मिलेर आउनुस् अर्थमन्त्रीले भने ।

बजारमा नयाँ धेरै बैकल्पीक वित्तीय उपकरणहरु ल्याउँदै छौ । वैकल्पकि लगानी सम्बन्धी नियामावली हामी पास गर्दैछौ । यसमा हामीले भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फण्डदेखि लिएर धेरै किसिमका हेजिङका मेकानिजममा पनि जाँदैछौ । भोलि यो बैंकले हेजिङका कामको पनि नेतृत्व लिनसक्नुहुन्छ । तपाईहरुसँग अवसर नै अवसर छ । यो अवसरको उपयोग गर्नुस् । प्रतिस्पर्धा आवश्यक छ । अस्वस्थ प्रतिस्पर्धा हामी कोही पनि चाहदैनौ । सरकार आफै साझेदार भएर खोलेको यो संस्थालाई भरपूर सहयोग रहन्छ । उनले भने ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।