नेपाल इन्फ्रास्ट्रचर बैंकले सामाजिक लाभांश दिने, पूर्वाधार योजनामा लगानी गर्ने

Mar 06, 2019 Merolagani

नेपाल इन्फ्रास्ट्रचर बैंकले लगानीकर्ताहरुलाई सामाजिक लाभांश प्रदान गर्ने भएको छ । बैंकका अध्यक्ष अनुज अग्रवालले पुर्वधार विकास मार्फत सामाजिक तथा आर्थिक विकासमा सहकार्य गरी लगानीकर्ताहरुलाई सामाजिक लाभांश समेत प्रदान गर्ने बताएका हुन् ।

बैंकको उद्घाटन कार्यक्रममा उनले भने, ‘समग्रमा ८० प्रतिशत सर्वसाधारणको लगानी रहेको यस बैंक नेपाली जनता र नेपाल सरकारको बैंक भएकोले निकट भविष्यमा लगानीकर्तालाई सामाजिक लाभांश प्रदान गर्ने सोच बनाएका छौं ।’

यस्तै सर्वसाधारण तथा निजी क्षेत्रले सरकारसंग अपेक्षा तथा आलोचना मात्रै गर्ने प्रवृतिको अन्त्य गरी सरकारको लक्ष्यहरु प्राप्तिमा बैंकले सहयोगि भुमिका निर्वाह गर्ने उनको भनाई छ । नेपालले समृद्धिको दिशा प्राप्त गर्न बैंकले सार्वजनिक तथा निजी क्षेत्रलाई समेटी पुर्वधार विकासमा लाग्ने बताए ।
नेपाल सरकार अर्थमन्त्रालय तथा नियमनकारी निकायहरुको निर्देशन तथा सहयोगमा नेपालको पूर्वधार विकासको सन्र्दभमा बैंकले नोडल संस्थाकोरुपमा काम गर्ने बताए । नेपालमा पुर्वधार विकासका लागि ठुलो लगानी आवश्यक रहेको उनको भनाई छ । राष्ट्रिय योजना आयोगको अध्ययनले सन २०२५ सम्ममा पुर्वधार विकास क्षेत्रमा १०० खर्ब लगानीको आवश्यकता रहेको उनले उल्लेख गरे ।
त्यस अनुसार लगानी जुटाउन हालका बैंक तथा वित्तीय संस्थाहरुबाट मात्रै संम्भव नभएकोले पूर्वधार विकास बैंकको परिकल्पना भएको उनले जानकारी गराए । बैंकले अन्तराष्ट्रिय सार्वजनिक तथा नीजि क्षेत्रहरुसंग सहकार्यगरी आवश्यक स्वदेशी तथा विदेशी पूँजी जुटाउने, परियोजनामा लगानी गर्ने तथा त्यस सम्बन्धमा आवश्यक प्राविधिक सहयोग गर्न नेतृत्वदायी भुमिका निर्वहा गर्ने अध्यक्ष अग्रवालको भनाई छ ।

४० अर्व अधिकृत पूँजी, २० अर्व जारी पूँजी रहेको बैंकमा नेपाल सरकारको १० प्रतिशत, पव्लिक लिमिटेड कम्पनीहरुको करिब ४० प्रतिशत, निजी लगानीकर्ताहरुको करिब १० प्रतिशत र बाँकी ४० प्रतिशत शेयर सर्वसाधारणलाई  छुट्टाईएको छ । 

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले संघीय शासन प्रणाली अनुसार आवश्यकता हेरी ७ वटै प्रदेशमा कार्यालय खोली हरेक प्रदेशमा रहेको संभाव्य पूर्वाधार योजनामा समेत लगानी गर्ने बताए ।

साथै बैंकले पूर्वाधार विकास कार्यसँग सम्बन्धित स्वदेश तथा विदेश स्थित सरकारी तथा अर्धसरकारी संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु, बीमा, भेन्चर क्यापीटल, विभिन्न प्रकारका लगानीकर्ताहरु, बहुपक्षिय तथा द्धिपक्षिय विकास एजेन्सी तथा सरकार र निजि क्षेत्रहरुबीच समन्वय गरी कार्य सम्पादन गर्ने÷गराउने एक नोडल संस्थाको रुपमा अगाडी बताए ।

 बैंकले प्रचलित ऐन, कानून र नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रहेर पूर्वधार विकास सम्बन्धी कार्यहरु संचालन गर्ने जनाएको छ । परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयर लगानी, स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने वा डिवेन्चर जारी गरी स्रोत परिचालन जस्ता कार्यहरु बैंकले गर्नेछ ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।