अमेरिकी राष्ट्रपति चुनावमा रुसी साँठगाँठ छानबिन प्रतिवेदन सार्वजनिक,ट्रम्पले ट्वीटमा के लेखे ?

Mar 25, 2019 Merolagani

अमेरिकामा सन् २०१६ को राष्ट्रपति चुनावमा रुसका साथ साँठगाँठको जाँच गरिरहेका विशेष वकिल रबर्ट मुलरले आफ्नो रिपोर्टमा राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान टीमको रुसका साथ कुनै पनि प्रकारको साँठगाँठ नभएको खुलासा गरेका छन् ।

यस रिपोर्टको सार आइतबार अमेरिकी सांसदलाई हस्तान्तरण गरिएको थियो । विशेष वकिल मुलरले करिब दुई वर्षसम्मको जाँच पश्चात् रिपोर्ट तयार गरेको हो ।

अमेरिकाका अटर्नी जनरल विलियम बर्रका अनुसार, विशेष अधिवक्ता रबर्ट मुलरलाई डोनाल्ड ट्रम्प र उनको प्रचार अभियानले सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा हस्तक्षेप गर्नका लागि रुसका साथ मिलेर षडयन्त्र रचेको भन्ने कुराको बारेमा कुनै पनि प्रकारको प्रमाण प्राप्त नभएकाले यो कुरा सत्य नभएको रिपोर्टमा उल्लेख गरिएको छ ।

ट्रम्पको करिब २ वर्षको कार्यकालमा यस मामलाको बारेमा जाँच भइरह्यो । डेमोक्रेट नेताहरुले रुसको हस्तक्षेपको सहायताले ट्रम्पले २०१६ मा चुनाव जितेको आरोप लगाउदै आएका थिए । डेमोक्रेट २०२० को चुनावमा ट्रम्पलाई हराउनका लागि मुलरको जाँचको रिपोर्टको तीव्रताका साथ प्रतीक्षा गरिरहेका थिए ।

रिपोर्टमा रुस र ट्रम्पको अभियानका बीच साँठगाँठको खुलासा भएमा कयौँ सांसदहरुले ट्रम्पमाथि तत्कालै महाअभियोग लगाउने कुरा पनि अघि सारिररहेका थिए । योसँगै ट्रम्पको राष्ट्रपति पद नै धरापमा रहेको थियो । 

रिपोर्ट सार्वजनिक भएपछि ट्रम्पले आफ्नो खुसी व्यक्त गर्दे ट्वीमा लेखेका छन्, ‘कुनै साँठगाँठ छैन, कुनै बाधा छैन, सम्पूर्ण तरिकाबाट दोषमुक्त ।’ एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।