अमेरिकामा पहिलाे पटक सरकारी कामकाज ठप्प, लाखौं कर्मचारीहरु तलब नपाई घरमै बस्नुपर्ने

Jan 20, 2018 Agency

एजेन्सी । अमेरिका सिनेटमा शुक्रबार मध्यरातबाट सहमति नजुट्दा अमेरिकी सरकारको कामकाज ठप्प भएको छ । सिनेटरहरुले सदनद्वारा पारित अनुदान विधयेक खारेज गरिदिएका छन् । यसबाट अमेरिका पुनः आर्थिक संकट तर्फ धकेलिने भएको देखिन्छ । यो घटना अमेरिकामा पहिलो हो । यहि विधेयकका कारण सरकारलाई फेब्रुवरी १६ सम्मको बजेट सुनिश्चित गरिएको थियो ।

विधयेक पारितका लागि ६० मतको आवश्यकता थियो जसमा ४८ सिनेटरहरुले उक्त विधयेक विरुद्ध मतदान गरेका थिए । मात्र पाँच डेमोक्रेटहरुले मात्र विधयेकको पक्षमा मतदान गरेका थिए । सरकारी खर्चको विषयलाई लिएर महत्वपूर्ण आर्थिक विधयेकमा संसदको बहुमत नपुग्दा सरकारी कामकाज ठप्प गर्नुपर्ने आवस्था आएको हो ।

शनिवार बिहानबाट कतिपय सरकारी अड्डाहरु आधिकारिक रुपमा नै बन्द रहेका छन् । यस प्रकारको ठूला आर्थिक संकट पश्चात अमेरिकाका कतिपय सरकारी विभाग बन्द हुने अवस्था आएको छ र लाखौं कर्मचारीहरु तलब नपाई घरमै रहनु पर्ने भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

सरकारी कामकाज ठप्प पश्चात व्हाइट हाउसका प्रेस सचिव साराह सेडर्सले डेमोक्रेट सांसदहरुले राजनीतिक स्वार्थलाई राष्ट्रिय सुरक्षा र अमेरिकी राष्ट्रको हीत भन्दा माथि राखेको बताए । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर कटौती र अमेरिककाको बढ्रदो अर्थव्यवस्थाका विरुद्ध डेमोक्रेट सिनेटरले सरकारी कामकाज यस्तै ठप्प चाहेको आरोप लगाए ।

ट्रम्पले अमेरिकाको अर्थव्यवस्था अहिलेसम्मको सबैभन्दा राम्रो स्थितिमा रहेको र देश उन्नति पथमा अघि बढिरहेको बताए ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।