बारा र पर्साको आँधीः २ हजार भन्दा धेरै बिजुलीको पोल ध्वस्त

Apr 01, 2019 Merolagani

आइतबार साँझको आँधीले बारा र पर्सा जिल्लाका २ हजार भन्दा धेरै बिजुलीको पोल ध्वस्त बनाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । बारा र पर्साको आँधीले विद्युत सेवामा पुर्याएको क्षतिबारे सोमबार एक विज्ञप्ति जारि गर्दै प्राधिकरणले विपत्ति प्रभावित क्षेत्रमा छिटो भन्दा छिटो बिद्युत सेवा सुचारु गराउन प्रयास थालेको बताएको छ ।

हावाहुरीका कारण कयौं ट्रान्सफर्मरमाहरुमा समेत क्षति पुगेको प्राधिरणको विज्ञप्तिमा उल्लेख छ । आँधीका कारण करिब १५ करोड रुपैयाँ बराबरको संरचनामा क्षति पुगेको पूर्वानुमान् प्राधिकरणले गरेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।