सेञ्चुरी बैंक र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य समायोजन

Apr 15, 2019 Merolagani

सेञ्चुरी कमर्सियल बैंक र ग्रामीण विकास लघुवित्तको शेयर मूल्य समायोजन भएको छ। नेप्सेले सेञ्चुरी बैंकको बोनस र ग्रामीण विकास लघुवित्तको हकप्रदमा शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेका अनुसार सेञ्चुरी बैंक (CCBL) को २ प्रतिशत बोनस पश्चात प्रतिकित्ता १६६ रुपैयाँ ६७ पैसामा शेयरमूल्य समायोजन गरेको हो। 

समायाजित शेयरमूल्यलाई आधार मानेर बैंकको सोमबार कारोबार खुलेको हो। बैंकको १८० दिन नेप्सेमा कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधारमूल्य २१४ रुपैयाँ ८३ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ ।

बैंकले वैशाख १२ गते आह्वान गरेको वार्षिक साधारण सभाका लागि चैत २९ गते बिहीबार बुकक्लोज गरेको हो ।

 

उता नेप्सेले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था (GBLBS) को ५० प्रतिशत हकप्रदमा शेयरमूल्य समायोजन भएको छ।

नेप्सेले ५० प्रतिशत हकप्रद समायोजन पश्चात प्रतिकित्ता ३३३ रुपैयाँ ६७ पैसामा शेयरमूल्य समायोजन गरेको छ । युसै मूल्यलाई आधार मानेर लघुवित्तका सोमबार कारोबार खुलेको छ। नेप्सेमा १८० दिन शेयर कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधार मूल्य २१५ रुपैयाँ ५५ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ।

ग्रामीण विकास लघुवित्तले चैत २९ गत हकप्रद निष्काशन गर्न बुकक्लोज गरेको हो ।

 

यसअनुसार दुबैको चैत २८ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र सम्बन्धित कम्पनीको बोनस तथा हकप्रद पाउनेछन् ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।