एनएमबि लघुवित्तले तोक्यो हकप्रद निष्काशनका लागि बुकक्लोज

Oct 15, 2019 02:07 PM Merolagani

एनएमबि लघुवित्त वित्तीय संस्था (NMBMF) ले चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ।

लघुवित्त सञ्चालक समितिको असोज २७ गते सम्पन्न सञ्चालक समितिको ९१ औं बैठकले कार्तिक ७ गते बुकक्लोज गर्ने निर्णय गरेको हो।

यसअनुसार कात्तिक ६ गते बुधबारसम्म कायम रहने लघुवित्त कम्पनीका शेयरधनीहरुले मात्र लघुवित्तले जारी गर्ने उक्त हकप्रद पाउनेछन्।

एनएमबि लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १ बराबर १ दशमलब ५ को अनुपातमा हकप्रद निष्काशन गर्न असोज १६ गते अनुमति पाएको थियो। यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरले २४ करोड ३० लाख ९ हजार ३७५ रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद जारी गर्नेछ।

लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले माइक्रोफाइनान्सको हकप्रद निष्काशनका लागि 'इक्रा एनपि आईपिओ ग्रेड ४' रेटिङ्ग प्रदान गरेको छ । ग्रेड ४ रेटिङ्गले लघुवित्तको वित्तीय आधारभुत अवस्था औसत भन्दा कमजोर छ भन्ने बुझाउँछ ।

लघुवित्तको गत पुस २९ गते सम्पन्न साधारण सभासभाले चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय अनुमोदन गरेको थियो।

हाल १६ करोड २० लाख ६ हजार २५० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको यस हकप्रद निष्काशनपछि ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ। हाल धितोपत्रको दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता एक हजार ९० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।