स्पर्स लघुवित्तले तोक्यो बुकक्लोज

Dec 16, 2019 05:54 PM Merolagani

स्पर्स लघुवित्त वित्तीय संस्था (SPARS) ले साधारण सभाका लागि शेयरधनी दर्ता किताब बन्द गर्ने मिति तोकेको छ।लघुवित्तको मंसिर २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले पुस १० देखि २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकको निर्णय अनुसार अब पुस ९ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र गत आव २०७५/०७६ को मुनाफाबाट प्रस्ताव गरेको १३ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश पाउनेछन्।

लघुवित्त सञ्चालक समितिको भदौ १६ गते ४ बजे सम्पन्न ५० औं बैठकले चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँको १३ प्रतिशत अर्थात एक करोड ७ लाख ८५ हजार १९० रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने करका लागि ०.६८ प्रतिशत अर्थात ५ लाख ६७ हजार ६४२ रुपैयाँ नगद लाभांश घोषणा गरेको थियो।

बोनस पारित भएश्चात लघुवित्तको चुक्ता पूँजी ९ करोड ३७ लाख ४८ हजार १९० रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।