तारागाउँ रिजेन्सी होटलको साधारण सभा आह्वान, बुकक्लोज कहिले?

Dec 17, 2019 11:49 AM Merolagani

तारागाउँ रिजेन्सी होटल (TRH ले पुस २९ गते २३ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। होटलले नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा प्रेक्षालय, कमलादीमा साधारण सभा बोलाएको हो।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत (५ प्रतिशत कर कट्टि पश्चात) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस ८ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। जसअनुसार, पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सो सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।