६ वटा बाणिज्य बैंकको पहिलो त्रैमासमा यस्तो उथल-पुथल

Nov 19, 2015 Mero Lagani

खराब कर्जा प्रवाहको मात्रालाई घटाउँदै वाणिज्य बैंकहरुले आफ्नो नाफालाई बढाउन थालेका छन् । केही बैंकको खराब कर्जा बढे पनि नाफामा भएको बढोत्तरीका बीच अधिकांस वाणिज्य बैंकको खुद नाफामा उल्लेख्य सुधार भएको छ । हिमालयन बैंक, प्रभु, लक्ष्मी, सेञ्चुरी कमर्शियल, जनता र ग्राण्ड बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खुद नाफामा राम्रो मात्रामा बढोत्तरी गरेका छन् ।

हिमालयन बैंक (HBL) ले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ६ करोड रुपैंया बढी खुद नाफा बढाएर यस पटक ३२ करोड २७ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा २६ करोड ८६ लाख रुपैंया थियो ।

प्रतिशेयर आम्दानी ३८ रुपैंया ७४ पैसा रहेको बैंकले खराब कर्जा असुलीमा भने गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा झनै नराम्रो नतिजा व्यहोरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ दशमलव १८ प्रतिशतमा रहेको निष्कृय कर्जा अनुपात बढेर यस पटक ३ दशमलव ३५ प्रतिशतमा पुग्नाले  बैंकको खुद नाफा बढ्ने क्रमलाई अवरोध गरेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ८९ करोड ८० लाख रुपैंया रहेको चुक्ता पूँजी यस पटक ३ अर्ब ३३ करोड २७ लाख रुपैंयामा उक्लिएसंगै बैंकको विभिन्न शिर्षकका आम्दानी सुचकांकमा सुधार देखिएको छ ।

यो पनि पढ्नुहोस

हिमालयन बैंकको पूँजी योजना निर्माण, बोनश र हकप्रदबाटै ८ अर्ब

४२ प्रतिशत लाभांश वितरण गर्ने हिमालयन बैंकको प्रस्ताव

 

त्यसै गरि ग्राण्ड बैंकसंग मर्जरको प्रकृयामा रहेको प्रभु बैंक (PRVU) ले गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा कमाउन ठुलो फड्को मारेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ६८ लाख रुपैंया घाटामा रहेको बैकले यस पटक  २६ करोड १७ लाख रुपैंया खुद नाफा कमाएको छ ।

१५ दशमलव ६५ प्रतिशत रहेको निष्कृय कर्जा अनुपातलाई यस पटक बैंकले ५ दशमलव ७१ प्रतिशतमा झारेर २४ करोड ७६ लाख रुपैंया राइट व्याक गरे पछि बैंकको खुद नाफामा तिब्र सुधार देखिएको हो ।

३ अर्ब २० करोड ८८ लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकको प्रति शेयर आम्दानी ३२ रुपैंया १ पैसा रहेको छ । पूँजी कोष अनुपात १० दशमलव ६६ प्रतिशत रहेको बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाह उल्लेख्य मात्रामा बढेको छ । त्यसै गरि गत आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालन घाटा व्यहोरेको बैंकले यस पटक १५ करोड ९० लाख रुपैंया सञ्चालन मुनाफा कमाएको छ ।

यो पनि पढ्नुहोस

एक्कासी किन रोकियो प्रभु बैंकको शेयर कारोबार ?

 

उता लक्ष्मी बैंक (LBL) ले पनि गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा दोब्बर बनाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड २३ लाख रुपैंया खुद नाफा कमाएको बैकले यस पटक १० करोड १० लाख रुपैंया खुद नाफा कमाएको हो ।

 निष्कृय कर्जा अनुपात गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ दशमलव ६९ प्रतिशत रहेकोमा यस पटक शुन्य दशमलव ९१ प्रतिशतमा झारेर बैंकले खुद नाफालाई मजवुत बनाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ३३ करोड रुपैंया रहेको चुक्ता पूँजी यस पटक ३ अर्ब ३ करोड रुपैंया पुर्याएको बैंकले निक्षेप संकलन तथा कर्जा प्रवाहलाई पनि बिस्तार गरेको छ ।

व्याज आम्दानी, सञ्चालन मुनाफा लगायत शिर्षकमा प्रगति गरेको बैंकको प्रति शेयर आम्दानी १३ रुपैंया ३० पैसा रहेको छ । १० दशमलव ८४ प्रतिशत पूँजीकोष अनुपात रहेको बैंकको तरलता अनुपात २३ दशमलव ५७ प्रतिशत तथा मुल्य आम्दानी अनुपात ३८ रुपैंया ३५ पैसा रहेको छ ।

यो पनि पढ्नुहोस

लक्ष्मी बैंकले यसरी पुर्याउँदै छ हकप्रदबाट ८ अर्ब चुक्ता पूँजी (आधिकारिक बिबरण सहित)

सेञ्चुरी बैंक (CCBL) ले पनि गत आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर मात्रामा खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ५५ लाख  रुपैंया खुद नाफा गरेको बैंकले यस पटक ७ करोड ४२ लाख रुपैंया खुद नाफा कमाएको छ । २ अर्ब चुक्ता पूँजीलाई समिक्षा अवधिमा २ अर्ब १२ख करोड रुपैंया पुर्याएको बै.कको प्रतिशेयर आम्दानी १४ रुपैंया छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा शुन्य दशमलव ४६ प्रतिशत रहेको निष्कृय कर्जा अनुपातलाई यस पटक शुन्य दशमलव ४५ प्रतिशतमा झारेको बैंकले १ करोड ३४ लाख रुपैंया राइट व्याक गरेको छ । पूँजी कोष अनुपात ११ प्रतिशत रहेको बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा निक्षेप संकलन तथा कर्जा प्रवाह बिस्तार, व्याज आम्दानी तथा सञ्चालन मुनाफामा पनि उल्लेख्य मात्रामा बिस्तार गरी आफ्नो नाफालाई बढाएको हो ।

यो पनि पढ्नुहोस

कमालै गर्यो सेञ्चुरी बैंकले, प्रतिशेयर आम्दानी झण्डै दुई सय प्रतिशतले बढायो

 

जनता बैंक नेपाल (JBNL) ले पनि गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोब्बर भन्दा बढीले नाफा बढाएर ५ करोड ७५ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २ करोड १३ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ दशमलव शुन्य ८ प्रतिशत रहेको निष्कृय कर्जा अनुपातलाई यस पटक शुन्य दशमलव ९८ प्रतिशतमा झारेको बैंकलृे ९ करोड ३६ लाख रुपैंया राइट व्याक गरेको छ । प्रतिशेयर आम्दानी ११ रुपैंया १८ पैसा तथा पूँजी कोष अनुपात ११ दशमलव ५८ प्रतिशत रहेको बैंकको चुक्ता पूँजी २ अर्ब ६ करोड रुपैंया रहेको छ ।

समिक्षा अवधिमा बैंकले व्याज आम्दनी, सञ्चालन मुनाफा, निक्षप संकलन तथा कर्जा प्रवाह लगायतका सुचकहरुमा सुधर गरि आफुलाई झनै मजबुत बनाएको छ ।

यो पनि पढ्नुहोस

माछापुच्छ्रे र जनतावीचको मर्जर ६ महिनभित्र पुरा हुने, संयुत्त मर्जर समिति गठन

यस्तो छ जनताको बैंकको पूँजीवृद्धि योजना, मर्जर पहिलो प्राथमिकता

 

प्रभु बैंकसंग मर्जरको अन्तिम तयारीमा रहेको ग्राण्ड बैंक (GRAND) ले पनि गत आर्थिक वर्षको पहिलो त्रैमासमा व्यहोरेको नोक्सान पुर्ती गरेर १ करोड ६६ लाख रुपैंया खुद नाफा कमाएको अपरिस्कृत बित्तीय विबरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २८ करोड ६ लाख रुपैंया खुद नोक्सान व्यहोरेको थियो ।

समिक्षा अवधिमा बैंकको खराब कर्जाको अनुपात भने भारी मात्रामा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २५ दशमलव ४९ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस पटक बढेर ३८ दशमलव शुन्य ३ प्रतिशतमा पुगेको छ ।

निक्षेप संकलन तथा कर्जा प्रवाहमा धेरै गिरावट आएको बैंकको व्याज आम्दानी, बढेको छ भने गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३६ लाख रुपैंया रहेको सञ्चालन नोक्सानमा गिरावट आइ यस पटक नोक्सान १ करोड ६१ लाख रुपैंयामा झरेको छ ।
१ करोड ८८ लाख रुपैंया राइट व्याक गरेको बैंकको प्रतिशेयर आम्दानी ३ रुपैंया ३३ पैसा रहेको छ भने पूँजीकोष अनुपात ३ दशमलव ३ प्रतिशतले नकरात्मक अवस्थामा रहेको छ ।

प्रभु बैंकसंग गाभिने प्रकृया चल्दै गर्दा प्रकृया मर्जर केन्द्रित भएको भन्दे राष्ट्र बैंकले फेरी साधारण सभा मार्फत प्कृया अघि बढाउन निर्देशन दिए पछि अहिले २ वटै बैंकहरु मर्जरको अन्तिम स्वीकृतिको पर्खाइमा रहेका छन् ।

यो पनि पढ्नुहोस

ग्राण्ड झन् गहिरो खाडलमा, जनताले धेरै उत्साहित बनाउन सकेन

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।