गत बिहीबारदेखि बिक्री खुला गरेको एफपिओका लागि आइतबार बेलुकासम्ममा मात्रै ७२ करोड रुपैंयाको आवेदन परेको क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले जानकारी दिए । मेरो लगानीसंग कुरा गर्दै महाप्रबन्धक थापाले भने ‘आइतबारसम्म त साना लगानीकर्ताले मात्र दिएको आवेदनले ७२ करोड पुगेको हो, सस्थागत तथा ठुला लगानीकर्ताले आज अन्तिम दिन ठुलो मात्रामा आवेदन दिने हाम्रो अपेक्षा छ । आज बेलुकासम्ममा सवा एक अर्ब बढीको आवेदन पर्न सक्छ ।’
शिखरले आफ्नो शेयर प्रति कित्ता ६५० रुपैयाँमा सर्बसाधारणका लागि बिक्री खुला गरेको हो । आइतबार बेलुकासम्मको आवेदनलाई आधार मान्दा ११ लाख ७ हजार ७ सय कित्ता एफपिओका लागि आवेदन परेको छ ।
एफपिओ निष्काशन पश्चात कम्पनीको शेयर मुल्य पनि एकाएक आकाशिएको छ । एफपिओ निष्काशन भएका दिन बजारमा ८४१ रुपैयाँ प्रतिकित्तामा किनबेच भईरहेको शिखरको शेयर मुल्य आइतबारसम्मा आइपुग्दा ९ सय ४२ रुपैंयामा किनबेच भैरहेको छ । यसरी हेर्दा पनि ९ सय ४२ रुपैंयामा किनबेच भैरहेको शेयर ६ सय ५० रुपैयाँमा किन्न पाउनु फाईदाकै कुरा हुने देखिएको छ । सोमबारसम्म पर्ने आवेदनले यसलाई अझै चासोयुक्त बनाउनेछ । शिखरले प्रति कित्ता ५५० रुपैयाँ प्रिमियम थपी शेयर बिक्रीमा ल्याएको हो ।
ईन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबीएल क्यापिटलका अनुसार आवेदकले शिखर इन्स्योरेन्सको मुख्य कार्यालय थापाथलीका साथै शाखा कार्यालयहरु न्युरोड, गोंगबु, चाबहिल, बिराटनगर, बीरगञ्ज, पोखरा, नारायणगढ, बुटबल र नेपालगञ्जबाट आवेदन दिन सक्ने छन् । आबेदकले १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदनपत्र साथ रकम बुझाउन सक्ने छन् ।
त्यसै गरी एनआइबीएल क्यापिटल लाजिम्पाट र नेपाल इन्भेष्टमेण्ट बैंकका मुलुकभरका सबै शाखाहरु र कृति क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेड सोल्टीमोडबाट आवेदन दिन सकिने छ । कृति बाहेकका सबै स्थानबाट नगद तथा चेकबाट आवेदन दिन सकिने भए पनि कृति क्यापिटलबाट आवेदन दिनेले अनिवार्य रुपमा चेकबाट रकम बुझाउनु पर्ने छ । इृन्भेष्टमेन्ट बैंकमा खाता भएकाहरुले सोही खाता आबेदन पत्रमा उल्लेख गरेमा शेयर नपरी बाँकी रहेको रकम सोही बैंक खातामा जम्मा हुने ब्यवस्था मिलाईएको छ ।
निष्काशनको म्याद छिटोमा मंसिर २१ गते र ढिलोमा पुस २ गतेसम्म रहेको थियो ।
अहिले इन्सायरेन्समा सर्वसाधारणको २० प्रतिशत र संस्थापकको ८० प्रतिशत हिस्सा रहेको छ । एफपीओ जारी भएर सर्वसाधारणको हिस्सा ३० प्रतिशत र संस्थापकको ७० प्रतिशत भए पछि कम्पनीले साधारण सभा मार्फत १९ प्रतिशत संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गरी संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा बनाउन सक्छ ।
३५ करोड ७६ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको एफपिओ जारी भए पछि चुक्ता पुँजी ४० करोड ८७ लाख रुपैयाँ पुग्नेछ । बाँकी रकम भने कम्पनीको जगेडा कोषमा जम्मा हुनेछ । अहिले उसको जगेडा कोषमा १३ करोड ५५ लाख तथा बीमा कोषमा ३२ करोड ४ लाख रुपैयाँ सञ्चित रहेको छ । इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ६९ रुपैंया रहेको छ ।
भुकम्पले झस्काएपछि निर्जिबन बीमा कम्पनीहरुलाई झन् फाईदा, शिखर र लुम्बिनी जनरलको नाफा बढ्यो
निरन्तर शिखर चढ्दै शिखर इन्स्योरेन्स,के यो निर्जीवनमा नम्बर एक नै हो त ?
किन आकर्षित बन्दैछ शिखर इन्स्योरेन्स ? प्रतिशेयर आम्दानी मात्रै ६९ रुपैंया
....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।