पहिलो दिन मेरो माइक्रोफाइनान्सको साधारण शेयरमा कति पर्यो आवेदन ?

Mar 10, 2016 Parmeshwor Adhikari



बिहीबारदेखि निष्काशन भएको मेरो माइक्रोफाइनान्सको साधारण शेयरमा लगानीकर्ताको उल्लेख्य सहभागिता भएको छ । ग्लोबल आईएमईसहित १० वटा वाणिज्य बैंकहरुले प्रवद्र्धन गरेको माईक्रोफाईनान्सको ६ लाख १२ हजार कित्ता साधारण शेयरका लागि पहिलो दिन मात्र झण्डै १० गुणा बढीको आवेदन परेको छ ।

बिहीबारदेखि बिक्री खुला भएको शेयरका लागि बिहीबार ५८ करोड रुपैंयाको आवेदन परेको माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

मेरोलगानीसंग कुरा गर्दै क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले भने ‘विभिन्नस्थानका १० आवेदन केन्द्रबाट पुरा विबरण आएको छैन । क्यापिटलले मात्र २४ करोड रुपैंयाको आवेदन संकलन गरेको छ । प्रारम्भिक तथ्यांक अनुसार ८ हजार २ सय फारमबाट ५८ करोड रुपैंयाको आवेदन परेको छ । अन्य स्थानको पनि तथ्यांक आए पछि यो मात्रा बढ्छ ।’

चैत १ गते ओबदन लिन बन्द हुने बताइएको माइक्रोफाइनान्सको साधारण शेयर निष्काशन पश्चात चुक्ता पूँजी १३ करोड ८८ लाखबाट २० करोड रुपैंया पुग्नेछ । न्युनतम ५० कित्ता शेयर तथा अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

जमलस्थित नाचघरमा रहेको ग्लोब आइएमई क्यापिटलको कार्यालयबाट एकाउण्टपेयी चेकबाट मात्रा आवेदन दिन सकिने छ भने कान्तिपथस्थित ग्लोबल आइएमई बैंकबाट नगद तथा चेकबाट आवेदन दिन सकिने छ । जनकपुरमा रहेको ग्लोबल आइएमई बैंकको शाखा कार्यालयबाट पनि शेयरका लागि आवेदन दिन सकिने छ ।

यस बाहेक राजधानीमा सिटिजन्स बैंक इन्टरनेशनलका शाखा कार्यालयहरु कलंकी नारायण गोपाल चोक, नयाँ बानेश्वर, कुमारीपाटी ललितपुर र ठिमी भक्तपुरबाट आवेदन दिन सकिनेछ ।

राजधानीमा रहेको सोसाइटी डेभलपमेण्ट बैंकको शाखा कार्यालय गोंगबु तथा सगरमाथा मर्चेण्ट बैंकिंग फाइनान्स मानभवन ललितपुरबाट पनि आवेदन दिन सकिनेछ ।

राजधानी बाहिरको हकमा सिटिजन्स बैंकका शाखा कार्यलयहरु इटहरी, बिराटनगर, बिर्तामोड, बीरगञ्ज, बुटबल, धनगढी, महेन्द्रनगर, नारायणघाट, पोखरा, सिद्धार्थनगर, बनेपा र सुर्खेतबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

प्राइम कमर्शियल बैंकका शाखा कार्यालयहरु बट्टार र नेपालगञ्जबाट पनि आवेदन दिन सकिने छ ।

संस्थाले चालु आर्थिक वर्षको अन्त्यसम्ममा थप १३ जिल्लामा १५ बढी शाखाहरु बिस्तार गरि ४५ शाखा कार्यालयहरु मार्फत ग्राहक सदस्यहरु ५२ हजार ३ सय ४२ पुर्याउने र ३८ हजार ६ सय ९८ ऋणीहरुलाई झण्डै दुई अर्ब रुपैंया कर्जा लगानी गर्ने योजनामा रेहको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको माइक्रोफाइनान्सले सोही अवधिसम्ममा १३ करोड ६२ लाख रुपैया निक्षेप संकलन गरी १ अर्व २६ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

मेरो माईक्रोफाईनान्सको साधारण शेयरमा आजदेखि आबेदन खुला

मेरो माइक्रोफाइनान्सको साधारण शेयरमा आवेदन दिनेले हेर्नुहोस्, के गर्ने के नगर्ने ?

मेरो माईक्रोफाईनान्सको ६ लाख कित्ता साधारण शेयर निश्काशन २७ गतेदेखि, धितोपत्र बोर्डको नयाँ निर्देशनको कस्तो पर्ला प्रभाव ?

किन सर्यो मेरो माइक्रोफाइनान्सको आइपिओ ?

लौ आयो अर्को आइपिओ, ६ लाख १२ हजार कित्ता शेयर फागुन २० देखि

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो




२२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेपछि सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

Jul 21, 2025 02:08 PM

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । पीडितले प्रहरीलाई फोन गरेपछि उनलाई पक्राउ गरिएकाे हाे ।