नेपाल ग्रामिण बिकास बैंकले यसरी झुक्यायो लगानीकर्तालाई

May 20, 2016 Merolagani

गत पुसमा साढे दुई करोड जगेडा घाटा देखाएको बैंकको तेस्रो त्रैमासमा अघिल्लो बिबरणै गलत सावित
नेपालका बैंक तथा बित्तीय संस्थाहरुको बित्तीय बिबरणमा कति बिस्वास गरेर लगानी गर्ने ? नेपाल ग्रामिण बिकास बैंक (NGBBL) ले गत पुस र यस चैत्र मसान्तको बित्तीय बिबरण हेर्ने हो भने गंभीर बन्नैपर्छ । गत पुसमा साढे दुई करोड मात्र जगेडा कोष घाटा बाँकी रहेको देखाएको त्यस बैंकले यस चैत्र मसान्तको बित्तीय बिबरणमा भने गत पुसमा ११ करोड १५ लाख जगेडा कोष घाटा थियो भन्ने बिबरण दियो।


 यसरी बित्तीय बिबरण नै अविस्वसनीय बनाएर सो बैंकले साधारण लगानीकर्तालाई रनभुल्लमा पारेको छ । मेरोलगानी डटकमले त्यतिबेलै सो बैंकको बित्तीय बिबरण पत्यारलाग्दो नभएको भन्दै समाचार प्रबाह गरेको थियो, जुन आज आएर सही सावित भएको छ । 


गत पुस मसान्तमा ११ करोड ९० लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएर जगेडा कोष दुई करोड ५० लाख ८७ हजार रुपैयाँ मात्र घाटा रहेको बित्तीय बिबरण उसले पस्किएको थियो । पहिलो त्रैमाससम्ममा २३ करोड १९ लाख ३२ हजार जगेडा कोष घाटा देखाएको बैंकले दोस्रो त्रैमाससम्ममा ११ करोड ९० लाख २६ हजार खुद नाफा कमाएको देखाएको थियो । बाँकी रकम कहाँबाट ल्याएर जगेडा घाटा पुर्ति गर्यो भन्ने कुरा स्पष्ट थिएन । त्यहीँ देखिएको गल्ती सच्याउने क्रममा तेस्रो त्रैमासमा सात करोड ९६ लाख ३७ हजार जगेडा घाटा देखाईएको छ ।

 

 

 

दुई त्रैमासको बित्तीय बिबरण दजाँउँदा के फरक देख्नुहुन्छ ?

 

 

गत असोज मसान्तमा २३ करोड जगेडा कोष घाटामा रहेका बैंकले ९ महिनाको अबधिमा १५ करोड खुद नाफा गर्नुलाई राम्रै उपलब्धि मान्न सकिन्छ तर जब बित्तीय बिबरण नै अस्पष्ट भएपछि यो बैंकले आगामी दिनहरुमा राम्रो गर्छ भनेर पत्याउन मुस्किल पर्नु स्वभाविक हो । निस्क्रिय कर्जा अनुपात नै ५ प्रतिशत भन्दा माथि रहेको देखाईएको छ ।
गत पुस मसान्तमा ६३ करोड ब्याज आम्दानी गरेको देखाएको बैंकले तेस्रो त्रैमाससम्म ८८ करोड पु्याएको छ भने १६ करोड संचालन मुनाफा कमाएको देखाएको बैंकले त्यसलाई बढाएर चैत्र मसान्तसम्म २२ करोड पुर्याएको देखाएको छ । तेस्रो त्रैमाससम्म आएर जोखिम कोषमा दोस्रो त्रैमासको दोब्बर रकम राखेको छ ।

५५ करोड चुक्ता पूँजी रहेको बैंकले तत्काल हकप्रद शेयर दिएर पूँजी कोष बढाउन पनि संभव छैन । यस्तो धरासायी कम्पनीमा सर्वसाधारण लगानीकर्ता कसले पूँजी थप्ने ? सरकारले नै पैसा हाले मात्रै हो ।

बिगतमा संकटग्रस्त पाँचवटा ग्रामिण बिकास बैंकहरु मिलेर बनेको नेपाल ग्रामिण बिकास बैंकमा गाभिएको पश्चिमान्चल ग्रामिण बिकास बैंक मात्र अलि बलियो थियो । अरु धरासायी अबस्थामा रहेका कारण कतिपय बैंकका शेयरधनीले एककित्ता स्वाप रेसियो समेत पाउन नसकी आफ्नो अस्तित गुमाएका थिए । संकटबाट गुज्रिएर आएको बैंक भएकाले उसले तत्कालै लाभांश नै बाड्ने गरी प्रगति गर्ला भनेर सोच्ने अबस्था नभए पनि अबस्था सुध्रदै गएको लगानीकर्ताले ठानेका थिए तर त्यो तेस्रो त्रैमासमा गलत सावित भयो ।

सरकार तथा संस्थापकहरुको ८५ र सबैसाधारणको १५ प्रतिशत शेयर स्वामित्व रहेको बैंकले सर्बसाधाणको हिस्सा बढाउँन नयाँ थप निश्काशन अर्थात एफपीओ जारी गर्ने तयारी समेत गरेको समाचार बाहिर आएपछि लगानीकर्ता उत्साहित बनेका थिए । कम्पनीको बित्तीय बिबरणमै शंकाा उपशंका गर्नुपर्ने अबस्था आएकाले एफपीओ एकसय रुपैयाँ मूल्यमा पनि बिक्न नसक्ने अबस्था देखिएको छ । बैंकको पूँजी कोष कम्तिमा १० प्रतिशत हुनुपर्नेमा ३ प्रतिशत मात्र रहेकाले पनि कम्पनीको तीब्र सुधार नभए लगानी समस्यामा पर्नसक्ने संभावना बढेको छ । कर्मचारी खर्च २० करोडबाट बढेर २७ करोड पुग्नु र संचालन खर्च २३ करोडबाट ३९ करोड पुग्नुले झन् डरलाग्दो अबस्थाको चित्रण गर्दछ ।


शेयर बजारमा लघुवित्तको शेयरमा आकर्षण रहेकोमा नेपाल ग्रामिण देशभर शाखा संजाल भएको लघुवित्त भएकाले लगानीकर्ताहरु यसको शेयरमा लगानी गर्न हौसिएका थिए । अरु भन्दा यसको शेयर मूल्य कम भएकाले पनि लगानीकर्ताहरुको ध्यान यसमा परेको देखिन्थ्यो तर पछिल्लो बित्तीय बिबरणले उचालिएर यस बैंकको शेयरमा लगानी गर्नेहरुलाई घाटा नखाई बेच्न पनि अर्को आर्थिक बर्षसम्म कम्पनी सुघ्रेला कि भनेर कुर्नैपर्ने बनाएको छ ।

नेपाल ग्रामिणले आगामी असार १० गते बुटवलमा डाकेको बैंकको पहिलो साधारणसभामा आन्तरिक बिषय मिलाउने र केही संचालकहरुको निर्वाचन गर्ने बाहेकका बिषय नभएकाले लगानीकर्ताले पाउने कुरा केही छैन । आशाबादी बनाउँदै लगेर तेस्रो त्रैमासमा ह्वात्तै निराश बनाईदिएको यस कम्पनीप्रति लगानीकर्ताको मन कसरी फर्केला ?

मेरोलगानी डटकमले यस्ता कम्पनीको शेयर मूल्यमा उचालिएर किनबेच नगर्न साधारण लगानीकर्तालाई बेला बेलामा सचेत पनि गराउँदै आएको हो । मेरोलगानी डटकमले बिगतमा दिएका यी समाचार पनि हेर्नुहोस् ।

यस्ता कम्पनीहरुमा उचालिएर शेयर किन्नेहरु चाँही डुब्छन्

नेपाल ग्रामिण बिकास बैंकले १५ प्रतिशत एफपीओ जारी गर्ने

नेपाल ग्रामिण बिकास बैंकको शेयर उचालिएर चर्को मूल्यमा उठाउनुभयो ? पछुताउनु पर्ला

सात लघुवित्तको शेयरमा लगानी गर्दा डुब्ने संभावना यस कारण कम, हेर्नुहोस् कुन हुन् ती सुरक्षित कम्पनी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।