सेयर लगानीकर्ता संघले जारी गरेको विज्ञप्तिमा नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा प्यान नम्बर अनिवार्य लागू गर्ने विषय आफ्नो कार्ययोजनामा मात्र समावेश गरेको उल्लेख गरेको छ । सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेरमात्रै बोर्डले यसबारेमा निर्णय लिने संघको भनाई छ ।
धितोपत्र बोर्डले आफ्नो बार्षिक कार्यक्रममा ०७५ साउन बाट सेयर कारोबारमा प्यान नंम्बर अनिवार्य गर्ने योजना सार्वजनिक गरेको थियो ।
त्यस्तै लगानीकर्ताले हल्लाका भरमा भन्दा पनि आफैंले सम्बद्ध कम्पनीको समग्र वित्तीय अवस्था, व्यवस्थापनलगायतका विषयमा गहन अध्ययन गरेरमात्र लगानीसम्बन्धी निर्णय लिनसमेत आग्रह गरेको छ ।
लगानीकर्ता संघले धितोबजार सुधारका लागि अड लट कारोबार, ब्रोकरहरुको कार्य क्षेत्र विस्तार, क्लियरिङ बैंक थप्ने लगायतका कार्य पूरा भइसकेको बताउदै अनलाइन प्रणाली, ब्रोकरलाई मार्जिन लेन्डिङ कारोबार गर्न दिने, बजार निर्माता भित्र्याउने कार्य तथा गैरआवासीय नेपालीलाई लगानी खुला गर्ने विषयमा सम्बन्धित निकायबाट अध्ययन र कार्य अघि बढाइएको जानकारी प्राप्त भएको समेत विज्ञप्तिमा उल्लेख गरकोे छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य