पूँजीबजार लगानीकर्ता संघमा किचलो, सुवेदीलाई हटाएर राधा बनिन् अध्यक्ष

Jul 18, 2018 Merolagani

नेपाल पूँजीबजार लगानीकर्ता संघको अध्यक्ष पदबाट नवराज सुवेदीलाई हटाएर राधा पोखरेलको नाममा दर्ता गरिएको छ । लामो समयदेखि संघको नाममा गतिविधि गर्दै आएका सुबेदीलाई साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरी पोख्रेललाई अध्यक्ष बनाएर नयाँ संघ दर्ता गरिएको हो ।

यस अघि सघंको उपाध्यक्ष रहेकी पोखरेल अध्यक्षमा चयन भएसँगै पूँजी बजार संघको नेतृत्व लिने पहिलो महिला समेत बनेकी छिन् ।

बैठकले उपाध्यक्षमा राजु पौडेल, महासचिवमा एसपी चौलागाईं, सचिवमा एनबी थापा र कोषाध्यक्षमा कल्पना शर्मालाई नियुक्त गरेको छ । यसैगरी सदस्यहरुमा आविस्कार घिमिरे र वाईपी दाहाललाई चयन गरिएको संघले जनाएको छ ।

संघ दर्तासँगै जारी गरिएको प्रेस बिज्ञप्तिमा अध्यक्ष सुबेदीले बहुमतमा रहेका पदाधिकारीहरुलाई बर्खास्त गरिएको भन्दै हिडेको र संघलाई आफु अनुकुल स्वेच्छाचारी भएर संचालन गरेको र संघ संगठनको मान मर्दन गरेको आरोप लगाईएको छ ।

संघमा नातावाद हाबी

बुधबार कम्पनी रजिष्ट्रारको कार्यालयमा १९३२२४ नम्बरमा दर्ता भएको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल शेयर लगानीकर्ता नबराज घिमिरेकी साली भएको र उनकै सल्लाहमा संघ दर्ता भएको बताइन्छ । सात सदस्यीय संचालक समितिमा चार जना लगानीकर्ता घिमिरेका साख्खै नातेदार भएको स्रोत बताउँछ ।

संघको महासचिव बनाईएका एसपी चौलागाई शेयर लगानीकर्ता नबराज घिमिरेको भान्जा हुन भने कोषाध्यक्ष राखिएका कल्पना शर्मा नबराज घिमिरेकी अर्की साली भएको बताईएको छ । सदस्यमा राखिएका आविश्कार घिमिरे नबराज घिमिरेका छोरा हुन् ।

नव गठित संघकी अध्यक्ष पोखरेलले नयाँ दर्ता भएको संघमा चार जना पुरानै र तीन जना नयाँ सदस्य रहेको भन्दै बजारमा अनावश्यक अफवाह फैलाईएको बताईन् । संघमा रहेका चार सदस्य घिमिरेको नाता पर्ने भने उनले स्वीकार गरिन् ।

यता बर्खास्त गरिएका सुवेदीले व्यक्तिगत स्वार्थ अनुकुल संगठन परिचालन गर्न खोजिएको आरोप लगाएका छन् । उनले आफु बर्खास्त नभई उनीहरुलाई आफुले बर्खास्त गरिसकेको दाबी समेत गरे । संघमा परिवार र नातावाद हाबी भएको उनको भनाई छ । नयाँ दर्ता भएको संघ समग्र लगानीकर्ताको भन्दा पनि आफ्नो स्वार्थ समूहमा लाग्ने झुण्ड भएको आरोप समेत उनले लगाए ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।