सांग्रिलाले ८० प्रतिशत हकप्रद जारी गर्न तोक्यो बुकक्लोज

Dec 05, 2017 Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले धितोपत्र बोर्डबाट कात्तिक २३ गते हकप्रद स्वीकृत पाएसँगै सेयरधनी किताब बन्द गर्ने मिति तोकेको छ । बैंकले मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको हो ।

यसअनुसार मंसिर २६ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई  कायम रहेका बैंकका सेयरधनीले ८० प्रतिशत हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री गर्न बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटलाई तोकेको छ । 

एक अर्ब ३५ करोड पूँजी रहेको बैंकको ८० प्रतिशत हकप्रद निश्कासनपछि चुक्ता पूँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक बर्षको बोनस वितरण गरि दुई अर्ब ५० करोड पूँजी कायम गर्ने जनाएको छ ।

सांग्रिला बैंकले चालु आवको प्रथम त्रैमासमा चार करोड १० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक १२ रुपैयाँ ०९ पैसा कायम गरेको छ । नेप्सेमा मंगलबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३५० रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।