एशियन लाइफले ५०% हकप्रद जारी गर्न तोक्यो बुकक्लोज

Jan 10, 2018 Merolagani

बीमा समितिको निर्देशन अनुसार दुई अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा रहेको एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले ५० प्रतिशत हकप्रद बिक्री गर्न माघ ८ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार ७ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

धितोपत्र बोर्डबाट २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएसँगै एसियनले बुकक्लोज तोकेको हो ।  गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरि चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैंयाँ पुर्याएको इन्स्योरेन्सले ४० करोड २७ लाख रुपैंयाँको हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीले ०७५ असारसम्ममा चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । तोकिएको पूँजी पुर्याउन कम्पनीले थप सवा ७९ करोड रुपैंयाँ पूँजी विस्तार गर्नुपर्ने हुन्छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआर्इबिएल क्यापिटल लाजिम्पाट रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ५४ पैसा छ । कम्पनीकाे सेयरमूल्य मंगलबार प्रतिकित्ता १४२० रूपैयाँ रहेकाे छ । 

हाल कम्पनीले ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु मार्फत बीमा सेवा दिँदै आएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।