हकप्रद बिक्रीको लागि नेपाल इन्स्योरेन्सले तय गर्यो बुक क्लोज मिति

Feb 01, 2019 Merolagani



नेपाल इन्स्योरन्स (NICL) ले हकप्रद शेयर बिक्रीको लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्न अनुमति पाए लगतै माघ २७ गते देखि २९ गते सम्म बुकक्लोज गर्ने जनाएको हो।

यस अनुसार माघ २५ गते सम्म कायम शेयरधनीले इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन सकिने  छ। हकप्रद जारीसँगै कम्पनीको बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई तोकेको न्युनतम चुक्ता पूँजी कायम हुने भएको छ।

इन्स्योरेन्सले धितोपत्र बोर्डबाट माघ १३ गते आइतबार चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात (१ः०.६५ अनुपातमा) ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयरबिक्री गर्न अनुमति पाएको थियो ।

हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटलले गर्ने जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सले ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २९ रुपैयाँ कायम गरकेो छ । धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५७० रूपैयाँमा कारोबार भएको छ ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।