यस्तो छ २७ वाणिज्य बैंकको गत बर्षको नाफा, चार बैंकको बाहेक सबैको बढ्यो

Aug 15, 2018 Merolagani



अधिकांश वाणिज्य बैंकहरुले खुद नाफा बढाएका छन् । गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गरेका २७ वाणिज्य बैंकमध्ये चार बैंक बाहेक सबैको नाफा बढेको छ । नाफा रकमको आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहँदा सिभिल बैंक सबैभन्दा कमजोर देखिएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार पूँजी बढाएका बैकहरुले निक्षेप र कर्जा परिचालन पनि बढाउँदै लगेका छन् । तर अधिकांश बैंकहरुको निक्षेप संकलनको भन्दा कर्जा विस्तारको अनुपात बढी देखिएको छ । निक्षेप र कर्जा दुवैको ब्याजदर बढेपनि कर्जामा लिने र निक्षेपमा दिने ब्याज अन्तर (स्प्रेड) दर बढाएका कारण अधिकांश बैंकहरु नाफा बढाउन सफल भएका छन् । 

चार बैंकको नाफा घट्यो 

२७ वाणिज्य बैंकहरुमध्ये चार बैंक बाहेक सबैको नाफा बढेको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक, प्रभु बैंक, नेपाल बङ्गलादेश (एनबी) बैंक र माछपुच्छ्रे बैंकले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

बैंकहरुले गरेको नाफाको रकमका आधारमा नबिल बैंकले सबैलाई उछिनेको छ । नबिलले ४ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ। सबैभन्दा कम सिभिल बैंकको ६४ करोड ५० लाख छ । तर नाफा वृद्धिदरको हिसाबले सिभिल बैंकले सबैलाई पछि पारेको छ । सिभिलको नाफा अघिल्लो बर्षको तुलनामा ८५ प्रतिशतले बढेको हो ।

२३ बैंक अर्बपति क्लबमा 

नबिल बैंक चार अर्ब बढी नाफा कमाउने एक मात्र बैंक बनेको छ । कृषि विकास, इन्भेष्टमेन्ट र नेपाल बैंक तीन अर्ब बढी नाफा कमाउने बैंकमा दरिएका छन् । एभरेष्ट, हिमालयन,ग्लोबल, स्टाण्डर्ड चार्टर्डको नाफा दुई अर्ब माथि रहेकाे छ । गत बर्षको नाफाको आधारमा सिटिजन्स बैंक, जनता, सेञ्चुरी र सिभिल बाहेक २३ बैंक अर्बपति क्लबमा परेका छन् ।

२७ वाणिज्य बैंकको नाफा ४८ अर्ब ७४ करोड, निक्षेप भन्दा कर्जा प्रवाहदर ज्यादा

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।