सिभिल बैंकको खुद मुनाफामा ८५ प्रतिशत सुधार

Aug 16, 2018 Merolagani

सिभिल बैंक (CBL) ले आ.व.२०७४/७५को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ६४.५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत वर्षको तुलनामा ८५.२० प्रतिशत बढी हो । खुद मुनाफामा पुछारमा रहेकाे सिभिलेका नाफा वृद्धिदर भने अन्य २६ वाणिज्य बैंकभन्दा उच्च रहेकाे छ ।

त्यसैगरी बैंकको रिएल स्टेट कर्जा गत आ.व.को तुलनामा ३.३९ प्रतिशतले घटेर १ अर्ब ४३ करोड भएको छ भने आवास कर्जा ३१.७८ प्रतिशतले वृद्धि भएको छ । बैैंकले विदेशी विनिमय कारोबारबाट मात्रै १६.९१ करोड रुपैयाँ आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा ७०.६७ प्रतिशत बढी हो ।

बैंकले गत आ.व.को तुलनामा निक्षेपमा १६.८८ प्रतिशतले वृद्धि गरी ४० अर्ब १ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जा प्रवाह गत आ.व.को तुलनामा ३३.७१ प्रतिशतले वृद्धि गरी ३९ अर्ब ४६ करोड लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात पनि ३.९८ बाट घटेर २.६५ प्रतिशत कायम भएको छ ।

बैंकले गत आ.व.को तुलनामा कर्जा प्रवाहमा गरेको वृद्धि रकम ९ अर्ब ९४ करोड तथा खुद मुनाफामा गरेको वृद्धि रकम २९ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

आ.व. २०७४/ ७५को मसान्तसम्म २ लाख ५० हजारभन्दा बढी ग्राहकहरु रहेको सिभिल बैंकको कुल शाखा संख्या ६८ पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।