राष्ट्रिय वाणिज्य बैंकको लोभलाग्दो प्रगति,४३२ कराेड लाभांश क्षमता

Aug 17, 2018 Merolagani

धेरै पटक साधारण सेयर जारी गर्ने चर्चा मात्र हुने गरेको राष्ट्रिय वाणिज्य बैंक (RBB) ले गत आर्थिक वर्षमा लोभलाग्दो प्रगति गर्दै वाणिज्य बैंकहरूमध्ये नम्बर वान बनेको छ । बैंक लाभांश क्षमतामा मात्र हैन निक्षेप संकलन, कर्जा प्रवाहमा पनि सबैभन्दा अगाडि रहेकाे छ ।

चार अर्ब ३२ करोड लाभांश क्षमता

नेपाल फाइनान्सिङ रिर्पोटिङ्ग स्टाण्डर्ड (एनएफआरएस) अनुसार शुक्रबार बैंकले प्रकाशित प्रकाशित गरेको आर्थिक बर्ष २०७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको लाभांश क्षमता चार अर्ब ३२ करोड ८७ लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ७७ करोड ६३ लाख लाभांश क्षमता रहेको बैंकले ५५.९२ प्रतिशतले लाभांश क्षमता बढाएको हो । यसअघि नबिलले चार अर्ब पाँच करोड लाभांश क्षमता बनाएको थियो । 

गत आर्थिक वर्षमा राष्ट्रिय बैंकले चार अर्ब ८९ करोड ९७ लाख रुपैयाँ नाफा कमाएकोमा राष्ट्र बैंकको व्यवस्था अनुसार ५७ करोड ०९ लाख रेगुलेटरी एड्जस्टमेन्ट पश्चात बैंकले सो लाभांश क्षमता बनाएको हो । वाणिज्य बैंकमध्ये उच्च लाभांश क्षमता बनाएपनि सर्वसाधारणमा सेयर जारी नभएका कारण बैंकको प्रगति हेरेर सेयर बजारका लगानीकर्ता लोभिनुको विकल्प भने छैन ।

प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ०७ पैसा

एनआईडिसीलाई प्राप्तीपश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख रुपैयाँ पुगेको छ । बजारमा बैंकको सेयर नभए पनि प्रतिसेयर आम्दानी केलाउँदा झण्डै ४८ रुपैयाँ ०७ पैसा हुन आउँछ । अघिल्लो आर्थिक वर्षमा रहेको ३.७७ प्रतिशत खराब कर्जा अनुपात बैंकले घटाउन सकेको छैन ।

एनएफआरएस अनुसार बैंकको जगेडा कोषमा १३ अर्ब ९ करोड ९८ लाख रुपैयाँ सञ्चित छ । एक बर्षमा बैंकले ६ अर्ब ३९ करोड ९४ लाखले जगेडा सुधार गरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ ४८ पैसा रहेको छ ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी निक्षेप संकलन र कर्जा लगानी

बैंकले एक खर्ब ६९ अर्ब ३३ करोड ७० लाख निक्षेप संकलन तथा एक खर्ब २४ अर्ब ४२ करोड ३४ लाख कर्जा लगानी गरेको छ । वाणिज्य बैंकमध्ये बैंकको निक्षेप संकलन र कर्जा प्रवाह बढी हो । दोस्रो ठूलो एनआईसी एशियाले एक खर्ब ५१ करोड निक्षेप संकलन गरेर एक खर्ब २१ करोड कर्जा प्रवाह गरेको छ ।

कर्जा १३ प्रतिशत र निक्षेप संकलन ९.८९ प्रतिशतले बढाएर १० अर्ब पाँच करोड ९० लाख खुद ब्याज आम्दानी आर्जन गरेको छ । बैंकको खुद ब्याज आम्दानी ४०.१८ प्रतिशतले बढेको हो ।

 बैंकको कर्जा निक्षेप अनुपात ६६.८४ प्रतिशत, कोषको लागत २.२१ प्रतिशत तथा आधार ब्याजदर ६.२० प्रतिशत रहेकाले बैंकबाट सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने क्षमता रहेको छ ।

प्रगति हेर्ने अनि चित्त बुझाउने मात्र

सेयर बजारमा नआएको र सरकारी स्वामित्वमा रहेर राम्रो प्रगतिको बाटो समातेको बैंकको सेयर निष्काशन नै नभएकाले सेयर बजारका लगानीकर्ताले प्रगति हेर्ने अनि चित्त बुझाउने बाहेक अरु के नै छ र । एनआईडिसीलाई प्राप्ती गरेको बैंकमा एजआईडिसी तर्फको ३० हजार ९१० कित्ता सेयर मात्र सर्वसाधारणको रहेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।