नेपाल बैंकको लाभांश क्षमता झण्डै ३ अर्ब, एनएफआरएस रिर्पोटमा जगेडा कोष २४ अर्ब !

Aug 15, 2018 Merolagani

बैंकहरूमध्ये जेठाे बैंक नेपाल बैंक (NBL) ले गत अार्थिक बर्षमा लाभांश क्षमता उल्लेख्य बढाएको छ । अघिल्लो अावमा एक अर्ब १८ करोड ७० लाख रुपैयाँ रहेको बैंकको लाभांश क्षमता एक अर्ब ८० करोड ३९ लाखले बढेर दुई अर्ब ९९ करोड १० लाख पुगेको छ ।

सरकारको सेयर स्वामित्व ६२ बाट ५१ प्रतिशतमा झार्न एक करोड ७६ लाख कित्ता एफपिओ निष्काशन गरेपनि बैंककाे एफपिओ भने ५३ प्रतिशत मात्र बिक्री भएको थियो । 

बैंकले गत बर्ष २०७४/७५ मा तीन अर्ब एक करोड नाफा गरेकोमा राष्ट्र बैंकको व्यवस्था अनुसार दुई करोड ३८ लाख रेगुलेटरी एड्जस्टमेन्ट वापत व्यवस्था गरेपछि दुई अर्ब ९९ करोड लाभांश बनेको हो । यो रकम बैंकले केन्द्रिय बैंकले तोकेको प्रावधान अनुसार तोकिएका शिर्षकहरुमा व्यवस्था पश्चात सेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्छ ।

बैंकले एफपिओ पूँजीकरण नगरि चुक्ता पूँजी आठ अर्ब चार करोड देखाएको छ । यहि पूँजीमा हिसाब गर्ने हो भने बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ १९ पैसा कायम हुने देखिन्छ ।

एनएफआरएस अनुसार अघिल्लो बर्षको २१ अर्ब ६४ करोड ८६ लाख रहेको बैंकको जगेडा कोष २४ अर्ब ७ करोड २५ लाख पुगेको छ । परम्परागत वित्तीय विवरणमा र एनएफआरएस अनुसार १७ अर्ब २६ करोड जगेडा अन्तर देखिएको छ ।

समीक्षा अवधिमा बैंकले ९९ अर्ब ८३ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ७८ अर्ब ४४ लाख कर्जा लगानी गरेको छ । बैंकले ९ अर्ब २६ करोड ५ लाख ब्याज आम्दानी गरेर २ अर्ब ८४ करोड १६ लाख ब्याज खर्च गरेको छ । जसबाट उसले ६ अर्ब ४१ करोड ८९ लाख खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले खराब कर्जा ३.३२ बाट घटाएर २.९० प्रतिशतमा झारेको छ । बैंकको मूल्य आम्दानी अनुपात ६.६५ गुणा कायम भएको छ । त्यस्तै बैंकको आधार ब्याजदर ७.०३ प्रतिशत र कोषको लागत २.९९ प्रतिशत रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।