बैंकिङ्गपछि लगानीकर्ता बीमा र अन्यत्र मोडिए, जलविद्युत्तमा उछाल

Sep 18, 2018 Merolagani

सेयर बजारका  लगानीकर्ताले बैंकिङ्गबाट विस्तारै बीमा र अन्य समूहमा लगानी बढाउन थालेका छन्। जसले गर्दा बैंकिङ्ग इन्डेक्समा गिरावट आएर कारोबार घट्दै गएको छ भने अन्य समूहमा कारोबार बढ्न थालेको छ । कूल कारोबारको ५० प्रतिशत बढी कारोबार हुने बैंकिङ्ग समूह मंगलबार ३६ प्रतिशतमा खुम्चिएको छ । 

पछिल्लो समय बैंकिङ्ग इन्डेक्समा उच्च सुधार आएपश्चात लगानीकर्ता अन्यतर्फ मोडिदा बैंकिङ्ग, होटल र वित्तमा गिरावट आएको छ ।

यसअघि कूल काराेबारकाे अाधा बढी बैंकिङ्गमा काराेबार हुने गरेकाेमा मंगलबार गिरावट सहित कूल काराेबारमा बैंकिङ्गकाे हिस्सा ३६.६२ प्रतिशतमा खुम्चिएकाे छ ।

निर्जीवन बीमा, जीवन बीमा, विकास बैंक, जलविद्युत, लघुवित्त, अन्य र उत्पादन तथा प्रशोधनको इन्डेक्स सुधारिएको छ । व्यापारकाे इन्डेक्स स्थिर रहेको छ ।

बुधबार सस्तो सेयरमूल्य भएका बीमा र अन्य समूहका कम्पनीमा लगानी बढाउन थालेका हुन् । जसले बैंकिङ्गकै हाराहारीमा निर्जीवन र जीवन बीमाको कारोबार भएको छ भने विकास बैंक, जलविद्युत र लघुवित्तको उप समूहमा पनि कारोबार बढेको छ । यसदिन उच्च सेयरमूल्य बढेर नाफा कमाउने शिर्ष दश कम्पनीमा ६ वटा जलविद्युत कम्पनी रहेका छन् ।

मंगलबार सेयर बजार परिसूचक नेप्से २.४१ अंकले बढेर १२५८.८१ बिन्दुमा बन्द भएको छ । निकै अस्थिर रहेकाे मंगलबारकाे बजार कहिले सकारात्मक त कहिले नकारात्मक हुँदै अन्त्यमा सामान्य सुधार सहित बन्द भएकाे हाे । नेप्सेमा सूचीकृत 'क' वर्गको कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१६ अंकले बढेर २६६.६० मा पुगेको छ ।

 

१६९ कम्पनीको सेयर कारोबार भएकोमा ८९ कम्पनीको सेयरमूल्य बढेको छ भने ५८ कम्पनीको सेयरमूल्य घटेको छ । २२ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । १५ लाख ५९ हजार ४०२ कित्ता सेयर ५ हजार ८७७ पटक खरिद बिक्री हुँदा ४६ करोड ६९ लाख रुपैयाँ ७२ हजार रुपैयाँ बराबरको कारोबार भयो । यो सोमबारको तुलनामा २२ करोड रुपैयाँ कम हो । सोमबार ६८ करोड ७६ लाखको सेयर कारोबार भएको थियो ।

लगानीकर्ता बीमामा आकर्षित हुँदा शिर्ष कारोबार हुने दश कम्पनीमा पाँच कम्पनी बीमाका रहेका छन् । नेको इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । प्राइम लाइफ, नेपाल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, र प्रभु इन्स्योरेन्स कम्पनीको पनि एक करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

मंगलबारको बजारमा जलविद्युत कम्पनीका सेयरधनीले बढी नाफा आर्जन गरेका छन् । नाफा कमाउने शिर्ष दश कम्पनीमा ६ वटा जलविद्युत कम्पनी रहेका छन् ।

 

अरुण काबेलीको सेयरमूल्यमा ९.८४ प्रतिशतले उछाल आएको छ । हिमालयन पावर, अपि, नेशनल हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, र सिनर्जी पावर कम्पनीको सेयरधनीले मंगलबारको बजारबाट नाफा आर्जन गरेका छन् ।

तीन जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक मर्जर वा एक्विजिशन अथवा कुनै वा कुनै भित्री सूचना चुहिएपश्चात बैंकको सेयरमूल्य लगातार तीन दिनदेखि बढेको छ । मंगलबार पनि बैंकको सेयरमूल्य ९.२७ प्रतिशतले बढेको छ । नाडेप लघुवित्त, नेको इन्स्योरेन्स र हिमालयन डिष्ट्रिलरीका सेयरधनीले पनि कमाएका छन् ।

उता सबैभन्दा धेरै सेयरमूल्यमा गिरावट आएको हाथवे फाइनान्स कम्पनीको ४.८४ प्रतिशतले घटेको छ भने विजय लघुवित्त, मेगा बैंक, कन्काई विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट, गरिमा विकास बैंक, गुहेश्वरी फाइनान्स लगायत कम्पनीको सेयरधनीले मंगलबारको बजारमा गुमाएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।