नेपाल बैंकमा जागिरको अवसर, ३९६ जनाका लागि आवेदन खुल्यो

Nov 02, 2018 Merolagani

नेपाल बैंक (NBL) ले ३९६ जना कर्मचारीको माग गर्दै आवेदन खुल्ला गरेको छ । बैंकले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मको पदको लागि आवेदन माग गरेको हो । बैंकले खुलाएको सबै पदमा आवेदन भने अनलाइन मार्फत दिनुपर्ने छ ।

सहायक प्रबन्धकमा खुल्लातर्फ ४३ र समावेशीतर्फ ३५ जना कर्मचारी माग गरेको छ भने सहायक प्रबन्धकमा खुल्लातर्फ १ र समावेशीतर्फ १ जना माग गरेको छ ।

बैंकले ७ वटै प्रदेशका लागि सहायक पदमा ठूलो मात्रामा कर्मचारी माग गरेको छ । जसमा प्रदेश नं १ अन्तर्गतका शाखा कार्यालयका लागि खुल्लातर्फ २३ र समावेशी समूहतर्फ १८ जना माग गरिएको छ ।

त्यस्तै प्रदेश नं २ अन्तर्गतका शाखाका लागि खुल्लातर्फ २८ र समावेशी समूहतर्फ २३ जना, प्रदेश नं ३ अन्तर्गतका शाखा कार्यालयका लागि खुल्लातर्फ ३२ र समावेशी समूहतर्फ २६ जना, गण्डकी प्रदेश अन्तर्गतका शाखाका लागि खुल्लातर्फ १९ र समावेशी समूहतर्फ १५ जना माग गरिएकाे छ ।

त्यसैगरि प्रदेश नं ५ अन्तर्गतका शाखाका लागि खुल्लातर्फ २४ र समावेशी समूहतर्फ १९ जना, कर्णाली प्रदेश अन्तर्गतका शाखाका लागि खुल्लातर्फ ११ र समावेशी समूहतर्फ ९ जना र सुदुरपश्चिम शाखाका लागि खुल्लातर्फ ११ र समावेशीतर्फ ९ जना माग गरिएको छ ।

साथै कनिष्ठ सहायक पदका लागि पनि सातै प्रदेशमा कर्मचारी माग गरिएको छ । प्रदेश १ मा ९ जना, प्रदेश २ मा ९ जना, प्रदेश ३ मा १५ जना, गण्डकीमा ५ जना, प्रदेश ५ मा ५ जना, कर्णालीमा ३ जना र सुदूरपश्चिममा ३ जना माग गरिएको छ ।

आवेदकले मंसिर ६ गतेसम्ममा अनलाइन मार्फत आवेदन दिनुपर्नेछ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।