बोनस र हकप्रदबाटै ८ अर्ब चुक्ता पूँजी पुर्याउने यस्तो छ सानिमा बैंकको योजना (आधिकारिक बिबरण सहित)

Oct 02, 2015 Mero Lagani



नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार सानिमा बैंक (SANIMA) ले पनि पूँजी वृद्धि योजना वेबसाइट मार्फत सार्वजनिक गरेको छ । उसले बोनस शेयर र कहप्रद शेयरबाटै हालको २ अर्ब ५५ करोडको चुक्ता पूँजीलाई आगामी २ वर्षमा ८ अर्ब रुपैंया पुर्याउने योजना सार्वजनिक गरेको हो ।

SANIMAयोजना अनुसार बैंकले पहिलो पटक चालु आर्थिक वर्षमा ५१ करोड रुपैंयाको बोनस शेयर बितरण गरि चुक्ता पूँजी ३ अर्ब ६ करोड रुपैंया पुर्याउने छ । त्यस लगत्तै बैंकले ५० प्रतिशत अर्थात १ अर्ब ५३ करोड रुपैंया बराबरको हकप्रद शेयर जारी गरि यस वर्ष चुक्ता पूँजी ४ अर्ब ५९ करोड रुपैंया पुर्याउने छ ।

आगामी आर्थिक वर्षमा फेरी ५५ करोड रुपैंयाको बोनस शेयर त्यस पछि ४० प्रतिशत हकप्रद जारी गरि बैंकले चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैंया पुर्याउने छ ।

आर्थिक वर्ष २०७४ ७५ मा बैंकले ८२ करोड रुपैंया बराबरको बोनस शेयर बितरण गरि आफ्नो चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैंया पुर्याउने योजना बनाएको हो ।

SANIMA

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

सम्बन्धित समाचारहरु

सानिमा बैंकले पनि दिने भयो २० प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद

लाभांश घोषणा गर्ने सानिमा बन्यो दोस्रो वाणिज्य बैंक,२० प्रतिशत बोनस

सानिमा बैंकको ७ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन, वार्षिक ७ प्रतिशत प्रतिफल

सावधान ! नेपालमा ईन्टरनेट बैंकिङ ह्याकरहरु सक्रिय छन्