मेरो माइक्रोफाइनान्सको ६ करोड १२ लाख रुपैंयाको शेयरका लागि २ दिनमा पर्यो साढे २ अर्ब बढीको आवेदन

Mar 12, 2016 Mero Lagani



साधारण शेयरमा लगानीकर्ताको आइरो लाग्ने क्रममा मेरो माइक्रोफाइनान्सको साधारण शेयरमा २ दिनमा ४३ गुणा बढी आवेदन परेको छ । माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार बिहीबार निष्काशन भएको शेयरका लागि शुक्रबार बेलुकासम्ममा २ अर्ब ६१ करोड ९४ लाख रुपैंयाको आवेदन परेको छ ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारमणि ढकालले मेरोलगानीसंग कुरा गर्दै भने 'साधारण शेयरमा राम्रो आवेदन परेको छ । बिहीबार १ अर्ब ११ करोड रुपैंया ५९ लाख ५६ हजार रुपैंयाको आवेदन परेकोमा शुक्रबार पनि १ अर्ब ५० करोड ३४ लाख ४६ हजार रुपैंयाको आवेदन परेको छ ।'

 

ढकालले दिएको जानकारी अनुसार बिहीबार १४ हजार ५ सय ९ वटा आवेदन परेकोमा शुक्रबार २२ हजार ४ सय ७८ वटा आवेदन परेका छन् । यस आधारमा २ दिनमा मेरोमाइक्रोफाइनान्सको साधारण शेयरका लागि ३६ हजार ९ सय ८७ वटा आवेदन परिसकेका छन् भने अझै आवेदन दिने म्याद २ दिन बाँकी छ ।

बिहीबार प्रारम्भिक तथ्यांक अनुसार ८ हजार २ सय आवेदनबाट ५८ करोड रुपैंयाको आवेदन परेको जानकारी यस अघि नै ग्लोबल आइएमई क्यापिटलले दिएको थियो ।

चैत १ गते ओबदन लिन बन्द हुने बताएको माइक्रोफाइनान्सको साधारण शेयर निष्काशन पश्चात चुक्ता पूँजी १३ करोड ८८ लाखबाट २० करोड रुपैंया पुग्नेछ । न्युनतम ५० कित्ता शेयर तथा अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

जमलस्थित नाचघरमा रहेको ग्लोब आइएमई क्यापिटलको कार्यालयबाट एकाउण्टपेयी चेकबाट मात्रा आवेदन दिन सकिने छ भने कान्तिपथस्थित ग्लोबल आइएमई बैंकबाट नगद तथा चेकबाट आवेदन दिन सकिने छ । जनकपुरमा रहेको ग्लोबल आइएमई बैंकको शाखा कार्यालयबाट पनि शेयरका लागि आवेदन दिन सकिने छ ।
यस बाहेक राजधानीमा सिटिजन्स बैंक इन्टरनेशनलका शाखा कार्यालयहरु कलंकी नारायण गोपाल चोक, नयाँ बानेश्वर, कुमारीपाटी ललितपुर र ठिमी भक्तपुरबाट आवेदन दिन सकिनेछ ।

राजधानीमा रहेको सोसाइटी डेभलपमेण्ट बैंकको शाखा कार्यालय गोंगबु तथा सगरमाथा मर्चेण्ट बैंकिंग फाइनान्स मानभवन ललितपुरबाट पनि आवेदन दिन सकिनेछ ।

राजधानी बाहिरको हकमा सिटिजन्स बैंकका शाखा कार्यलयहरु इटहरी, बिराटनगर, बिर्तामोड, बीरगञ्ज, बुटबल, धनगढी, महेन्द्रनगर, नारायणघाट, पोखरा, सिद्धार्थनगर, बनेपा र सुर्खेतबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

प्राइम कमर्शियल बैंकका शाखा कार्यालयहरु बट्टार र नेपालगञ्जबाट पनि आवेदन दिन सकिने छ ।
संस्थाले चालु आर्थिक वर्षको अन्त्यसम्ममा थप १३ जिल्लामा १५ बढी शाखाहरु बिस्तार गरि ४५ शाखा कार्यालयहरु मार्फत ग्राहक सदस्यहरु ५२ हजार ३ सय ४२ पुर्याउने र ३८ हजार ६ सय ९८ ऋणीहरुलाई झण्डै दुई अर्ब रुपैंया कर्जा लगानी गर्ने योजनामा रेहको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको माइक्रोफाइनान्सले सोही अवधिसम्ममा १३ करोड ६२ लाख रुपैया निक्षेप संकलन गरी १ अर्व २६ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पहिलो दिन मेरो माइक्रोफाइनान्सको साधारण शेयरमा कति पर्यो आवेदन ?

मेरो माईक्रोफाईनान्सको साधारण शेयरमा आजदेखि आबेदन खुला

मेरो माइक्रोफाइनान्सको साधारण शेयरमा आवेदन दिनेले हेर्नुहोस्, के गर्ने के नगर्ने ?

मेरो माईक्रोफाईनान्सको ६ लाख कित्ता साधारण शेयर निश्काशन २७ गतेदेखि, धितोपत्र बोर्डको नयाँ निर्देशनको कस्तो पर्ला प्रभाव ?

किन सर्यो मेरो माइक्रोफाइनान्सको आइपिओ ?

लौ आयो अर्को आइपिओ, ६ लाख १२ हजार कित्ता शेयर फागुन २० देखि

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।