सात दिनभित्र १९ बुँदे माग सम्बोधन नभए इन्भेष्टर्स फोरम आन्दोलनमा जाने

Mar 26, 2018 Merolagani

नेपाल इन्भेष्टर्स फोरमले पूँजी बजारको विकास र लगानीकर्ताहरुको हकहितको सुरक्षाको लागि चरणवद्ध आन्दोलन जाने घोषणा गरेको छ । अर्थमन्त्रीको अभिव्यक्तिले सेयर बजार सोमबार ४ प्रतिशत बढीले घटेपछि सोमबार फोरमले १९ बुँदे मागपत्र प्रस्तुत गर्दे सात दिनभित्र माग सम्बोधन नभए आन्दोलनमा जाने घोषणा गरेको हो ।

फोरमले पूर्ण अनलाईन कारोबार प्रणाली सम्झौता गरिएको अवधि भित्रै लागू गर्न, ब्रोकर मार्फत सेयर धितो कर्जाको ब्यवस्था, बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स, सेयर धितो कर्जाको सीमा धितो मूल्यांकनको ७० प्रतिशत कायम गनुपर्ने, सेयर कर्जामा लगाइएको पुँजीगत जोखिमको भार १०० प्रतिशतमा झार्नुपर्ने, ब्रोकर कमिशन घटाउनुपर्ने, गैह्र-आवासीय नेपालीलाई पूँजी बजारमा भित्र्याउने कानुन तत्काल ल्याउनुपर्ने लगायतका १९ बुँदै मागपत्र प्रस्तुत गरेको हो । 

पूँजीबजारको विकास र विस्तारको लागि विगतमा उठाइएका मागहरु सम्बोधन नहुनु नै सेयर बजार घट्नुको प्रमुख कारण रहेको फोरमले जनाएको छ । विगतमा जिम्मेवार निकायहरुको अदुरदर्शी नीतिका कारण तरलताको अभाव खेप्नुपरेको भन्दै आपूर्तीको कारणले बजार घटबढ नभई जिम्मेवार निकायहरुको पूँजी बजार प्रतिको दृष्टिकोण र कमजोर प्रबिधी, पूर्वाधार तथा लगानीकर्ता मैत्री ऐन कानूनहरु नहुनु प्रमुख जिम्मेवार भएको ठहर फोरमको छ ।

पूँजी बजारको इतिहासमा सबैभन्दा बढि आठ खर्ब ३६ अर्ब पूँजीकृत रकम लगानीकर्ताले गुमाएर १५ लाख भन्दा बढि लगानीकर्ताहरु मर्माहत हुँदा जिम्मेवार निकायहरु बेखबर जस्तै रहनुले भनाई र गराईमा फरक रहेको स्प्रष्ट देखिएको भन्दै फोरमले १९ बुँदे मागपत्र प्रस्तुत गरेको हो ।

 यस्ता छन् फाेरमकाे १९ बुँदे माग :-


comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।