इन्भेष्टर्स फोरमले सार्वजनिक गर्याे पूँजी बजार विकासका लागि यस्ता कार्यक्रम

Oct 14, 2017 Merolagani

इन्भेष्टर्स फोरमले शनिबार नर्बौं देखि बाह्रौसम्म गरि चार आर्थिक बर्षको साधारण सभा सम्पन्न गरेको छ । फोरमले 
सभामा पूँजी बजारमा विकासका लागि आगामी कार्यकालमा गर्ने गरि २० कार्यहरू घोषणा गरेको छ ।

पूँजी निमार्णको आधार पूँजी बजार भन्ने नारासहित  फाेरमले गैर-आवासिय नेपालीलाई पूँजी बजारमा भित्र्याउने देखि इन्भेष्टरर्स आईडीको व्यवस्था तथा राष्ट्रिय प्राथामिकता प्राप्त उद्योगलाई पब्लिक कम्पनीमा दर्ता गरि अनिवार्य सेयर निष्काशन गर्न दबाब सिर्जना गर्ने सम्मका रहेका छन् ।

त्यस्तै बजारको दिगो विकासका लागि बजार निर्माता तथा डिलरसँग सम्बन्धित नियम विनियम निमार्ण तथा सो कार्य गर्न कम्पनी स्थापना गर्ने दबाब दिने पनि फोरमले घोषणा गरेका छन् । मार्जिन ल्याडिङ सिमा हटाउन तथा जोखिम बहन क्षमता शतप्रतिशतमा झार्नका लागि नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको दबाब मूलक कार्यक्रम गर्ने समेत फोरमले जनाएको छ ।

संस्थाले ब्रोकर कमिसन घटाउन, सेयर बाँडफाँडको सयम छिटो बनाउन, मार्केट डेप्थ कार्यान्वयन, उपत्यका बाहिर सेयर कारोबार गर्न गरेको पहललाई सकरात्मक उपलब्धिको रुपमा ब्याख्या गरेको छ ।

यस्तै फोरमले आफ्नो आधिकारिक वेभसाईट डब्लुडब्लुडट नेपाल इन्भेष्टर्स फोरम डट ओआरजीको समेत सुरुवात गरेको छ ।

उत्तेजना र आवेगमा कार्य नगर्न थपलियाको सुझाब

साधारण सभामा शुभकामना दिँदै कार्यक्रमको प्रमुख अतिथि, इन्भेष्टर्स फोरमको संस्थापक अध्यक्ष तथा नेप्सेको पुर्व महाप्रबन्धक सिताराम थपलियाले फोरमलाई आवेग र उत्तेजनामा हैन लगानीकर्ताको आवाज शिष्ट र शालिन भाषमा सम्बन्धित निकायमा राख्न सुझाव दिए ।

कुनैपनि नेतृत्वले आफुले चाहेको कुरा सबै गर्न नसक्ने बताउँदै थपलियाले चिलिमे हाईड्रोले सेयर बेचिसकेका लगानीकर्तालाई लाभांश घोषणा गरेपछि त्यसको विरोध गर्ने क्रममा संस्था जन्मिएको स्मरण गरे ।

कुनैपनि संस्थामा साझा आवाज आउनुपर्ने भन्दै संस्थाले गर्ने हरेक सानो निर्णय पनि छलफलबाट अगाडि बढ्न तथा संख्यामा भन्दा गुणस्तरिय सदस्यता वृद्धि गर्न फाेरमलार्इ सुझाव दिए ।

उनले सेयर बजारमा लाग्ने भ्याट प्रकरणमा लगानीकर्ता विषयवस्तुको हुटहुटिमा लागेको भन्दै यस्ता कुरामा लाग्दा प्रत्युत्पादक हुने बताए । यसले पूँजीबजारको प्रगति अझ पछाडि धकेलिने उनको बुझाई छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।