नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष पाैडेलले दिएकाे राजीनामा अस्वीकृत

Dec 26, 2018 Merolagani

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलको राजिनामा अस्वीकृत भएको छ। आजै कार्यसमिति समक्ष पेश गरेको राजिनामा कार्य समितिका सबै सदस्यहरूबाट अस्वीकृत भएको हो ।
अध्यक्ष पौडेलले आफ्नो ब्यक्तिगत कार्य व्यस्तताको कारणले अध्यक्षको हैसियतले सम्पन्न गुर्नपर्ने कार्यमा पर्याप्त समय दिन नसकिने जनाउदै पदबाट राजिनामा दिएका हुन्।

फोरमको बैठकमा राजीनामा दिँदै पौडलले भने, ‘पूँजी बजारमा विगत देखि उठाएका धेरै मागहरू पूरा हुदै छन्, कतिपय पूरा हुने क्रममा छन्।

फोरमको नेतृत्व गर्दै पूँजी बजारको सुधारका लागि गरिएको प्रयासमा आफु खुशी छु। त्यसैले अब संस्था बाहिर रहेर पूँजी बजारको विकासको लागि सहयोग गर्नेछु।’ आफ्नो व्यवसायिक कामहरू बाँकी रहेकोले त्यसतर्फ ध्यान दिने पौडेलले स्प्रष्ट पारे।

पौडेलले आफ्नो धारण राखिसकेपछि फोरमका अन्य सदस्यहरूले राजीनामा अस्वीकार गर्दै अध्यक्षमा निरन्तरता दिन आग्रह गरे। फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले आफुहरूले उठाएका मागहरूलाई सम्बोधन गराउन पौडेलको भुमिका अझै जरूरत रहेको बताए ।

केहि समय पहिलादेखि पौडेलको राजिनामाको चर्चा चल्दै आएको थियो ।

यसैबिच फाेरमले राष्ट्र बैंकले आज जारी गरेकाे  निर्देशिकाकाे स्वागत गरेकाे छ।  राष्ट्र बैंककाे परिपत्रले लगानीकर्ताकाे मागहरू कार्यान्वयनमा गएकाे भन्दै फाेरमले स्वागत गरेकाे हाे। अन्य नियामक निकायले पनि चाँडै माग सम्वाेधन गर्ने आशा फाेरमले गरेकाे छ ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।