शेयर बजार सुधार्न इन्भेष्टर्स फोरमले सरकारलाई बुझायाे यस्ता ६ बुँदे सुझाब

Feb 20, 2019 Merolagani

नेपाल इन्भेष्टर्स फोरमले संघीय संसदको अर्थ समितिले फागुन ७ गते मंगलबार पूँजी बजारसम्बन्धी छलफलका लागि सरोकारवालाहरु सबैलाई बोलाएको बैठकमा शेयर बजारका सुधारका लागि सरकारले गर्नुपर्ने मुख्य विषहरु समेटेर ६ बुँदे सुझाव बुझाएको छ।

फोरमका नव निवाचित अध्यक्ष छोटेलाल रौनियार अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाललाई उक्त सुझाव बुझाएका हुन् । 

सुझाब पत्रमा जलविद्युत कम्पनीहरुका नियामक निकाय गठन, अननलाईन कारोबार प्रणालीको सुधार, बैंकलाई ब्रोकर इजाजत, प्यान लागू, र नयाँ ब्रोकर लाइसेन्स वितरण गर्नेसम्मका माग समेटिएको छ ।

फोरमले बुझाएको एक नम्बर बुँदामा जलविद्यत्त कम्पनीको नियमनका लागि सशक्त र बलियो नियामक निकाय गठन हुनेपर्ने सुझाब दिइएको छ । सरकारले घोषणा गरेको नेपालको पानी जनताको लगानी मार्फत संकलन गर्न लागिएको एक खर्ब २ अर्ब पूँजी संकलनको क्रममा रहेकोले यो व्यवस्था लागू गर्न सुझाब दियएको छ ।

त्यसैगरि अनलाईन कारोबार प्रणालीलाई अनलाइन कारोबार प्रणालीको कमि कमजोरी र त्रुटी हटाएर लगानीमैत्री बनाउनुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स कार्यान्वयन नआउने कारण त्तिा लगाई कायान्वयन गर्नुपर्ने, प्यानलाई लगानीकर्ताले ठूलो कर र डरको रुपमा लिएकाले प्यानबारे सरकारको धारणा तथा कार्यक्रम र प्यानका फाइदा सार्वजनिक गर्न भनिएको छ ।

यस्तै लगानीकर्ताको मनोबल वृद्धिका लागि पूँजी बजारमा व्यक्तिगत कर्जा (ओभरड्राफ्ट) को सीमालाई ५० लाखबाट पुन ७५ लाख कायम गर्नुपर्ने, र नियामक निकायहरुले जारी गरेको मापदण्ड र प्रकृया पूरा गर्नसक्ने व्यक्ति तथा संस्थालाई नयाँ ब्रोकर लाइसेन्स खुलाउन सरकारलाई सुझाव दिएको छ ।

 

सुझाव बुझाउँदै रौनियारले सरकारले निर्णय समयमा नै कार्यान्वयनमा आउन नसक्दा लगानीकर्ताले नोक्सानी व्यहोर्नुपरेको उल्लेख गर्दै बजारको आपूर्ति अनुसारको माग सिर्जना गर्नुपर्ने र पूँजी बजारलाई राहत दिन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने बताए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।