सर्वसाधारणलाई शेयर बजारमा प्रवेश गराउन भोलिदेखि लगानीकर्ता सप्ताह

Sep 30, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले आमसर्वसाधारणलाई धितोपत्र बजारमा प्रवेशका लागि प्रोत्साहित गर्न भोलिदेखि लगानीकर्ता सप्ताह मनाउँदै छ । पूँजी बजार सम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि तथा लगानीकर्ताको शसक्तिकरण गर्न लगानीकर्ता सप्ताह मनाउन लागिएको बोर्डले जनाएको छ ।

विश्व लगानीकर्ता सप्ताह को सन्दर्भमा बोर्डले यहि असोज १५ देखी २१ गतेसम्म विभिन्न कार्यक्रम गरी लगानीकर्ता सप्ताह सञ्चालन गर्न लागेको हो ।

विश्व लगानीकर्ता सप्ताहको मुख्य उद्देश्य पूँजी बजारसम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह मार्फत् पूँजी बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गरी लगानीकर्ताको सशक्तिकरण गर्ने रहेको बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीको भनाई छ ।

देश हालै संघीय स्वरुपमा रहेको तथा धितोपत्र बजारसमेत क्रमशः देशव्यापी हुँदै गएको पृष्ठभूमिमा यस बजारको बारेमा जानकारी दिई आमसर्वसाधारणलाई बजार प्रवेशमा प्रोत्साहित गरी धितोपत्रको मागको व्यवस्थापनका लागि बोर्डले यो सप्ताह विशेष रुपमा सञ्चालन गर्न लागेको कार्कीले बताए ।  

बोर्डले यस अवधिमा धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी प्रभात फेरी (¥याली) । पम्पलेट तथा लिफ्लेट प्रकाशन तथा वितरण, सर्वसाधारण लगानीकर्ता प्रशिक्षण कार्यक्रम र लगानीकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

बोर्डले एक नेपाली एक डिम्याट खाता अभियानको शुभारम्भ गर्ने भएको छ । यी कार्यक्रमहरुले लगानीकर्ताहरुको सशक्तिकरण हुने र यसबाट बजारको नियमन, सुधार तथा विकास कार्य थप सहज हुने तथा देशमा पूँजी

बजारसम्बन्धी गतिविधिहरुमा अझ व्यापकता आउने विश्वास बोर्डको छ ।
धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था (IOSCO) को एशोसिएट सदस्य भएपश्चात बोर्डले सन् २०१६ देखि उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएको छ ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।