शेयर लगानीकर्ता दबाब समूहले धितोपत्र बोर्ड घेराउ गर्ने

Nov 29, 2018 Merolagani

शेयर लगानीकर्ता दबाब समूहले मंसिर १४ गते शुक्रबार धितोपत्र बोर्ड घेराउ गर्ने भएका छन् । बोर्डले पूँजी बजार सुधार तथा विस्तार र लगानीकर्ताको सम्पत्ति सुरक्षा नगरेको भन्दै दबाब समूहले बोर्ड घेराउ गर्न लागेको जनाएको छ ।

पूँजी बजार सम्बन्धी रोकिएका नीतिगत कामहरु छिटो भन्दा छिटो गर्नको लागि बोर्डलाई झक्झक्याउनका लागि बोर्ड घेराउ गर्न लागिएको शेयर लगानीकर्ता दबाब समूहका सदस्य हरि ढकालले मेरो लगानीलाई बताए ।

अनलाइन मार्फत कारोबार गर्दा हुन सक्ने प्रविधिक र सौद्धान्तिक व्यवस्थापन गर्न बोर्डले कुनै काम नगरेको उनको भनाइ छ ।

शेयर दलाल मार्फत प्रदान गरिने मार्जिन ल्यान्डिङ्गकाे व्यवस्थालाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउनुपर्ने, आईपिओ एफपिओ निष्काशनमा गर्दाको बेथिती अन्त्य गर्नुपर्ने लगायतका दश बुदेँ माग पत्र बुझाउने कार्यक्रम रहेको पनि दबाब समूहले जानकारी गराएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।