रेटिङ्ग व्यवसायको दायरा फराकिलो बन्दै, ऋणी संस्थाकोे पनि रेटिङ्ग गर्नुपर्ने

Nov 28, 2018 Merolagani

क्रेडिट रेटिङ्गको व्यवसाय फराकिलो बन्दै जाने भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने ऋणीहरु तथा नगरपालिकाका ऋणपत्रहरुको समेत शाख मूल्यांकनको लागि सम्बन्धित नगर विकास कोषहरुसंग समन्वय गरी निष्काशन व्यवस्था गर्नुपर्नेछ ।

बोर्डले आयोजना गरेको क्रेडिट रेटिङ्ग कम्पनीसंग छलफल/अन्तरक्रिया कार्यक्रम अध्यक्ष डा. रेवत वहादुर कार्कीले विगतमा सार्वजनिक निष्काशनको मात्र क्रेडिट रेटिङ्ग भईरहेकोमा वित्तिय संस्थाको ऋणमा ऋणी संस्थाकोे रेटिङ्ग गर्नु पर्ने साथै स्थानीय ऋणपत्रको लागि स्थानीय निकायहरुको समेत रेटिङ्गको व्यवस्था आवश्यक रहेको बताए । 

 धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ र धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा सूचिकृत कम्पनीहरुको रेटिङ्गको व्यवस्था गरिएकोमा यसबाट व्यवसायको महत्व तथा कार्यक्षेत्र उल्लेखनीय रुपमा बढ्ने बोर्डका अध्यक्ष कार्कीको भनाई छ ।

हाल नगर विकास कोषहरुसंग समन्वय गरी पाँच नगरपालिकाहरुको रेटिङ्ग गर्ने प्रक्रिया समेत शुरु भएको वोर्डका कार्यकारी निर्देशक परीष्टनाथ पौड्यालले जानकारी गराए ।

वित्तीय क्षेत्रको ऋणीलाई कर्जा प्रवाह गर्दा रेटिङ्ग गर्नु पर्ने व्यवस्था यसै वर्ष शुरु भए अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा १० वटा यस्तो रेटिङ्ग भैसकेको छ भने सार्वजनिक निष्काशनको लागि १२ वटा रेटिङ्ग भएको बोर्डले जनाएको छ ।

वोर्डले थप एक संगठित संस्थालाई क्रेडिट रेटिङ्ग कम्पनी स्थापना गर्न सहमतिपत्र समेत प्रदान गरेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।