२० प्रतिशत बोनश र बोनशपछि ५० प्रतिशत हकप्रद जारी गर्ने सानिमाको प्रस्ताव पारित

Oct 16, 2015 Mero Lagani



सानिमा बैंक (SANIMA) ले आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर पारित गरेको छ । बैंकको ११ औ बार्षिक साधारणसभाले बोनस शेयरसंगै पूजीवृद्धि योजनामा अनुसार बोनश पश्चात ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

विहिबार सम्पन्न बैंकको ११ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर तथा १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यसैगरी, उक्त सभाले बोनस शेयर वितरणपश्चात् कायम हुने शेयर संख्याको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा ६२ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत असार मसान्तसम्म बैंकको कुल निक्षेप ३४ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने २८ अर्ब ५९ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । बैंकको कुल सम्पति ४० अर्ब ३० करोड रुपैयाँ बराबर छ ।

गत असार मसान्तसम्म बैंकका बित्तीय परिसूचक मध्येको निष्कृय कर्जा ०.०७ प्रतिशत, पुँजी कोष ११.०८ प्रतिशत, रियल स्टेट कर्जा ६.६९ प्रतिशत, तरलता अनुपात २२.३२ प्रतिशत र कर्जा निक्षेप अनुपात ७६.०३ प्रतिशशत रहेको बैंकले जनाएको छ ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

सम्बन्धित समाचारहरु

बोनस र हकप्रदबाटै ८ अर्ब चुक्ता पूँजी पुर्याउने यस्तो छ सानिमा बैंकको योजना (आधिकारिक बिबरण सहित)

सानिमा बैंकले पनि दिने भयो २० प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद

लाभांश घोषणा गर्ने सानिमा बन्यो दोस्रो वाणिज्य बैंक,२० प्रतिशत बोनस

सानिमा बैंकको ७ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन, वार्षिक ७ प्रतिशत प्रतिफल

सावधान ! नेपालमा ईन्टरनेट बैंकिङ ह्याकरहरु सक्रिय छन्




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।