इन्भेष्टमेण्ट बैंक र शिखर इन्स्यारेन्सको १० प्रतिशत एफपीओ आउने

Oct 29, 2015 Mero Lagani



जलविद्युत लगानी तथा विकास कम्पनीको झण्डै २ अर्बको साधारण शेयर बाँटफाँट हुनु अगावै शिखर इन्स्यारेन्स (@SICL) को ५ लाख कित्ता एफपीओ आउने भएको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबीएल क्यापीटलले बढीमा मंसिर पहिलो साता भित्रमा एफपीओ आउने बताएको छ । उता नेपाल ईन्भेष्टमेण्ट बैंकले पनि १० प्रतिशत एफपीआ निष्काशनका लागि कात्तिक ३० गते साधारण सभा आह्वान गरेको छ ।

SICLइन्स्योरेन्समा सर्वसाधारणको हिस्सा ३० प्रतिशत बनाउनका लागि कम्पनीले प्रिमियममा शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले धितोपत्र बोर्डमा प्रतिकित्ता शेयरको प्रिमियम मुल्य ६ सय ५० रुपैंया कायम गर्नका लागि प्रस्ताव पेश गरेको छ ।

शेयर रजिष्ट्रार एनआइबीएल क्यापीटलका महाप्रबन्धक मेखबहादुर थापाका अनुसार यसै साता भित्रमा बोर्डले एफपीओ निश्कासनका लागि स्विकृति दिने छ । ‘यो साता बोर्डले स्वीकृति दिए लगत्तै हामी ६ सय ५० रुपैंया प्रतिकित्ताका दरले ढिलोमा मंसिर पहिलो साता भित्रमा एफपीओ निश्कानि गर्छौं’ उनले भने ।

अहिले इन्सायरेन्समा सर्वसाधारणको २० प्रतिशत र संस्थापकको ८० प्रतिशत हिस्सा रहेको छ । एफपीओ जारी भएर सर्वसाधारणको हिस्सा ३० प्रतिशत र संस्थाकको ७० प्रतिशत भए पछि कम्पनीले ‘साधारण सभा मार्फत कम्पनीले १९ प्रतिशत संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गरि संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा बनाउन सक्छ ।

२९ करोड ७५ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हाल दोस्रो बजारमा प्रतिकित्ता शेयर मुल्य ९ सय ५ रुपैंया छ ।

NIBयसै गरि नेपाल र्इन्भेष्टमेण्ट बैंक (@NIB) ले पनि सर्वसाधारणको शेयर सवामित्व ३० र संस्थापकको ७० प्रतिशत बनाउन १० प्रतिशत अर्थात ९० लाख कित्ता शेयर अतिरिक्त मुल्यमा सर्वसाधारणमा जारी गर्न कात्तिक ३० गतेका लागि २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

यती डेभलपमेन्ट बैंकबाट कर्जा लिने ग्राहकहरुलाई निशुल्कः बिमा सुबिधा

निरन्तर शिखर चढ्दै शिखर इन्स्योरेन्स,के यो निर्जीवनमा नम्बर एक नै हो त ?

किन आकर्षित बन्दैछ शिखर इन्स्योरेन्स ? प्रतिशेयर आम्दानी मात्रै ६९ रुपैंया

शिखर ईन्स्योरेन्सले किन राख्यो एफपीओको महंगो मूल्य ?

शिखर ईन्स्योरेन्सले सर्वसाधारणको हिस्सा बढाउन प्रिमियममा शेयर निश्काशन गर्ने




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।