मेरो माइक्रोको आइपीओमा आइतबार मात्रै ३ अर्ब २७ करोड रुपैयाँ बराबरको आवेदन

Mar 14, 2016 Mero Lagani



मेरो माइक्रोफाइनान्सको साधारण शेयरमा आइतबार मात्रै ३ अर्ब २७ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । आइतबार मात्रै ५० हजार २ सय फारममार्फत ३ अर्ब २७ करोड ५८ लाख रुपैयाँ बराबरको आवेदन परेको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारमणि ढकालले बिहीबार १ अर्ब ११ करोड रुपैंया ५९ लाख ५६ हजार रुपैंया, शुक्रबार १ अर्ब ५० करोड ३४ लाख ४६ हजार रुपैंया र ३ अर्ब २७ करोड ५८ लाख रुपैयाँको गरि तीनदिनमा ८७ हजार १ सय ८७ वटा आवेदनमार्फत ५ अर्ब ८९ करोड रुपैयाँ बराबरको आवेदन परेको जानकारी दिए । 

न्युनतम ५० कित्ता शेयरदेखि तथा अधिकतम १० हजार कित्ता शेयरका लागि लगानीकर्ताले आवेदन भरेका छन् ।

 

सोमबार अर्थात चैत १ गते आवेदन दिने अन्तिम दिन हो ।  साधारण शेयर निष्काशन पश्चात मेरो माइक्रोफाइनान्सको चुक्ता पूँजी १३ करोड ८८ लाख रुपैयाँबाट बढेर २० करोड रुपैंया पुग्नेछ ।

केहिबेर अगाडि प्रकाशित सामाग्रीमा सच्याइएको छ ।

 

मेरो माइक्रोफाइनान्सको ६ करोड १२ लाख रुपैंयाको शेयरका लागि २ दिनमा पर्यो साढे २ अर्ब बढीको आवेदन

पहिलो दिन मेरो माइक्रोफाइनान्सको साधारण शेयरमा कति पर्यो आवेदन ?

मेरो माईक्रोफाईनान्सको साधारण शेयरमा आजदेखि आबेदन खुला

मेरो माइक्रोफाइनान्सको साधारण शेयरमा आवेदन दिनेले हेर्नुहोस्, के गर्ने के नगर्ने ?

मेरो माईक्रोफाईनान्सको ६ लाख कित्ता साधारण शेयर निश्काशन २७ गतेदेखि, धितोपत्र बोर्डको नयाँ निर्देशनको कस्तो पर्ला प्रभाव ?

किन सर्यो मेरो माइक्रोफाइनान्सको आइपिओ ?

लौ आयो अर्को आइपिओ, ६ लाख १२ हजार कित्ता शेयर फागुन २० देखि

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।