सेयर बजार स्थिर बन्ने संकेत, ३.३६ अंकले बढ्यो बजार

Oct 11, 2017 Merolagani

केही दिनयता गिरावट झेल्दै आएको सेयर बजारले मंगलबारदेखि समात्न थालेको लयलाई बुधबारको बजारले थप टेवा पुर्याएको छ । मंगलबार शुन्य दशमलव ७४ अंकको सुधारसहित बन्द भएको सेयर बजार बुधबार ३.३६ अंकको सुधारमा पुगेको हो ।

तिब्र गिरावटको क्रम रोकिएर बजार स्थिर बने अवस्था आएपछि लगानीकर्ताको मनोबलमा सुधार आउँदा बजारप्रति आशावादी बन्न थालेको लगानीकर्ता बताउँछन् । 

१६३ कम्पनीको सेयर कारोबार भएको बुधबारको बजारमा ३२ करोड २३ लाख रुपैयाँ बराबरको ७ लाख ५४ हजार ५३ कित्ता सेयर ३ हजार ७९४ पटक कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढोत्तरी आएको छ । मंगलबार ३० करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

कारोबारमा आएका नौ वटा उपसमुहमध्ये बाणिज्य बैंक, फाइनान्स, उत्पादन समूह बाहेक अरु सबै सूचक बढेको छ । सबैभन्दा बढी बीमा समूहमा ६० अंकको बढोत्तर आउँदा सबैभन्दा कम व्यापार समूहमा २.११ अंकको वृद्धि देखिएको छ । उत्पादन समूहमा सबैभन्दा बढी १४.३३ अंकको गिरावट आएको छ । फाइनान्स शून्य दशमलव १४ अंक तथा बाणिज्य बैंक शून्य दशमलव ६ अंकले ओरालो लागेको छ ।

२५ प्रतिशत लाभांश सहित साधारण सभाको मिति तोकेपछि चिलिमे हाईड्रोपावर कम्पनीको सेयर सबैभन्दा बढी तीन करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नागबेली लघुवित्तको संस्थापक सेयर,माछापुच्छ्रेको संस्थापक सेयर, स्टाण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक संस्थापक, एभरेष्ट बैंक, एनएलआईसी, इन्भेष्टमेन्ट बैंक, निर्धन उत्थान, र नबिल बैंकको सेयर अधिक कारोबार भएको छ ।

सिर्जना फाइनान्सको सेयरमूल्य सबैभन्दा बढी ७.८५ प्रतिशतले बढेर ५७७ रुपैयाँमा कारोबार बन्द भएको छ । बुधबार रिडी हाईड्रोपावर, सहयोगी विकास बैंक र कैलाश विकास बैंकको सेयरमूलय पाँच प्रतिशत बढीले बढेको छ । सुर्योदय लघुवित्त, युनाईटेड मोदी, प्रुडेन्सियल इन्स्योरेन्स, चिलिमे हाईड्रोपावर, र वोमी माईक्रोफाइनान्सको सेयरधनीले तीन प्रतिशत बढीले कमाएका छन् ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, काबेली बिकास बैंक, खानीखोला हाईड्रोपावर र गोर्खाज फाइनान्सको सेयरमूल्य पाँच प्रतिशत बढीले घटेको छ । यसै गरि आईसीएफसी फाइनान्स, कन्काई विकास बैंक,जनरल फाइनान्स, हिमालय डिष्टीलरी, रुरल माईक्रोफाइनान्स र बरुण हाईड्रोपावरको सेयरधनीले समेत तीन प्रतिशत बढीले गुमाएका छन् ।

केही कम्पनीहरुको साधारण सभाको मिति नजिकिँदै गएपछि त्यस्ता कम्पनीहरुको सेयर किन्नेको चाप पर्दा पनि बजार वृृद्धिमा थप टेवा मिलेको छ । कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विबरण सार्वजनिक हुनै लाग्दा घट्दो बजारमा सेयर किन्नेको संख्या पनि धेरै छ । अर्कोतिर महिनाको समाप्ती नजिँकिँदै गर्दा व्याज तिर्न सेयर बेच्नेहरु पनि उत्तिकै मात्रामा देखिएका छन् ।

बजारले विस्तारै सकरात्मक गति लिएपछि लगानीकर्ताको मनोबल केही बलियो बन्दा पनि बजारमा त्यसको सकरात्मक असर परेको हो । कम्पनीहरुको प्रथम त्रैमासिक प्रगति केही दिनमा नै सार्वजनिक हुने भएकाले पनि लगानीकर्ताले राम्रा कम्पनी छनौट गरी धमाधम सेयर किनिरहेको अवस्थाले अब बजार गिरावटको क्रम रोकिएको आँकलन गर्न सकिन्छ । बुधबारको सेयर बजारको समग्र बजार पूँजीकरण १७ खर्ब ४७ अर्ब कायम भएको छ ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।